चर्चित लोकदोहोरी गायिका जुना श्रीसमगरको पञ्चेबाजाको गीत ‘दुई खोली दोभान’ सार्वजनिक

Read Time:1 Minute, 45 Second

रूद्र श्रीसमगर

पोखरा, २३ मंसिर

लगनको महिनाका रूपमा चिरपरिचित मंसिर महिनामा एक पछि अर्को गर्दै कलाकारहरूले आफ्ना पञ्चेबाजाको गीत सार्वजनिक गरिरहेका छन् । ठीक यही मेसोमा नेपाली लोकसंगीतमा चर्चा र लोकप्रियताको शिखरमा पुग्न सफल लोकदोहोरी गायिका जुना श्रीसमगरको नयाँ कोसेली पञ्चेबाजाको गीत ‘दुई खोली दोभान’ सार्वजनिक भएको छ । जुनाले अर्का चर्चित लोकदोहोरी गायक एवं मोडल मनसुधन थापामगर सँग मिलेर यो पञ्चेबाजाको गीत बजारमा ल्याएकी हुन् ।

दर्जनौं गीतहरूमा आफ्नो सुमधुर स्वर दिएर दर्शक, स्रोताको मन जित्न सफल लोकदोहोरी गायिका जुना श्रीसमगरले सो गीतमा शब्द सिर्जना गरेकी छन् । पृथक लय र शब्द सिर्जना रहेको सो गीतमा मनसुधन थापामगरले लय सिर्जना गरेका छन् भने बिलन थापामगरले एरेञ्ज गरेका हुन् ।

आफूलाई विगतका गीतहरूमा झैं यो गीतमा पनि सबैको साथ र सहयोग पाउनेमा आफू आशावादी रहेको गायिका जुनाले बताइन् । मनसुधन थापामगर र जुना श्रीसमगरको आवाज रहेको सो गीतको म्यूजिक भिडियोको निर्देशन मनोज गुरुङले गरेका छन् । म्यूजिक भिडियोको छायाड्ढनमा निरमाया रोधी घर युकेमा गरिएको हो ।

https://www.youtube.com/watch?v=S16AkuPs84g

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %