‘सांस्कृतिक पुस्तक’ र ‘खिबाङ गाउँको चिनारी’को सामूहिक विमोचन !

Read Time:2 Minute, 45 Second

कल्पना पुर्जा मगर

पोखरा, मंसिर  २४ – पुन मगरहरूको सस्कार, संस्कृति र परम्पराको उत्थान, संरक्षण र जर्गेना गर्ने हेतुले लिखित पुस्तक ‘करबाके बाबाको ओखा र विविध पूजा’ नामक पुस्तकको विमोचन ज्येष्ठ नागरिक लेखक यमबहादुर पुर्जा (थाइला झाँक्री)को आमा ९४ वर्षीया पबिसरा पुनको हातबाट बुधबार लाली गुराँस पुन मगर समाज लामाचौरमा लोकार्पण भयो ।

साथै, उक्त अवसरमा खिवाङ गाउँलाई केन्द्र बनाएर घोरेपानीलगायतका क्षेत्रलाई समेटेर तयार गरिएको म्यूजिक भिडियोले ग्रामीण पर्यटनको प्रर्वधनमा उल्लेखनीय भूमिका निर्वाह गर्ने बताइएको थियो म्याग्दी खिवाङ स्थायी घर भई हाल युकेमा रहनुहुने बिल पुर्जाले आफ्नो गाउँ, ठाउँको प्रचार प्रसार गर्ने अभिप्रायले बनाइएको खिवाङ गाउँको चिनारी एल्वममा समेटिएका दुई वटा भिडियोको पनि विमोचान गरियो ।

भिडियो निर्माता बिल पुर्जाले परदेशमा बसेर घरदेशलाई सम्झदा भक्कानो छुट्ने अनि बिदेशिनु आफ्नो बाध्यता भएको बताउँदै आफू जन्मे हुर्केको ठाउँको प्रचार प्रसार आफै गर्नुपर्ने कुरामा जोड दिनुभयो । प्रमुख अतिथिको आसनबाट बोल्दै बरिष्ठ कवि तथा गीतकार भावेश भुमरीले पुन मगरहरूको छुट्टै संस्कार, संस्कृति हामीले बिर्सदै र छोड्दै आएका संस्कृतिहरू किताबमा समेटिएको र आफ्नो परिवेश समेटेर गीत निकाल्नु आफैंमा गर्वको कुरा भएको बताउनुभयो । लेखक पुर्जाले संस्कारमा एकरुपता हुनै पर्छ भन्ने नभए पनि एकरुपता ल्याउन सके राम्रो हुनेमा जोड दिनुभयो ।

समाजका अध्यक्ष नेकबहादुर गर्बुजाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन समाजकी सचिव तारा गर्बुजाले गर्नुभयो । सोही अवसरमा पुनमगरहरूको बारेमा लामो समयदेखि समाचार लेखन तथा प्रकाशन गरेको भन्दै पत्रकार हरिकृष्ण गौतमलाई पनि सम्मान गरिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %