शिरफुलको छायाङ्कन सुरु !

Read Time:1 Minute, 33 Second

मनोज घर्ती मगर

पोखरा, मंसिर १९ – पर्फमिङ आर्ट क्रियशन र मगर्स क्रियशनको संयुक्त प्रस्तुतिमा बन्न बन्ने ‘शिरफुल’को छाँयाङ्कन सुरु भएको छ । ७५ लाख रुपैया अनुमानित बजेटमा निर्माण गर्न लागिएको शिरफुलको छायांकन ३५ दिनमा सकिनेछ । फिल्मको छाँयाङ्कन काठमाण्डौ, तनहुँ साथै सोलुखुम्बुको विभिन्न स्थानमा गरिने जानकारी निर्माता आर्शिवाद पुनमगरले जानकारी दिए । 

देवराज आले मगरको कथालाई राज थापा र राजु योगिनले पटकथा÷संवादमा ढालेका छन् । युवा निर्देशक कमल एक्चै मगरले निर्देशन गर्ने फिल्ममा रंगमञ्चका लागेका कलाकारलाई ठाउँ दिइएको छ । फिल्ममा रुपा राना, विनिता मगर, राज थापा, देव आले, पुजा गदल, नमिता तामाङ्, विना थापा, लिला गुरुङ, राजु योगिन, सुनिल मगर लगायतका कलाकारको अभिनय देख्न पाइनेछ ।

हरि लम्सालको संगीत, श्री खड्काको द्वन्द्व, डिपी खनाल र सन्दिप थापाको गीत रहने फिल्मको निर्माण नियन्त्रक सिद्धान्त एस पौडेल हुन् । फिल्म निरज श्रेष्ठले खिच्दैछन् ।
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %