मिसेस गण्डकी नेपाल हुने !

Read Time:1 Minute, 57 Second

मनोज घर्ती मगर

पोखरा, मंसिर १९ – विवाहित महिलाहरुलाई मञ्च प्रदान गर्न र उनीहरुका अन्तरनीहित प्रतिभा प्रष्फुटन गर्न ‘मिसेस गण्डकी नेपाल’ हुने भएको छ ।

प्रतियोगिताका लागि पोखरामा मंसिर २५ गते अडिसन हुने आयोजक गोस्पेल मल्टिमिडिया प्रालिका अध्यक्ष निरु पुनले जानकारी दिइन् । पुनले प्रतियोगिताका लागि अडिसनमा सहभागीबाट ३० जना अन्तिम प्रतिस्पर्धाका लागि छनौट हुने बताईन् । ‘मिसेस गण्डकी नेपाल’ को अन्तिम प्रतिस्पर्धा पुस २३ गते शनिबार हुनेछ । प्रतियोगिताको कोरियाग्राफी मिस नेपाल– २००० कि बिजेता उसा खड्गीले गर्ने प्रालिका उपाध्यक्ष प्रतिक ठकुरीले बताए । 

प्रतियोगिताको टाइटल बिजेताले स्कुटर, क्राउन, प्रमाणपत्र र अन्य गिफ्ट ह्याम्पर पुरस्कार पाउनेछिन् । म्यानेजिङ डाइरेक्टर बिशाल गुरुङका अनुसार फस्ट रनरअपले ३० हजार रुपैंयाँ, क्राउन, प्रमाणपत्र र अन्य गिफ्ट ह्याम्पर पुरस्कार पाउनेछिन् भने सेकेन्ड रनरअपले २० हजार रुपैंया, क्राउन, प्रमाणपत्र र अन्य गिफ्ट ह्याम्पर पुरस्कार पाउनेछिन् । यस्तै प्रतियोगितामा मोस्ट ट्यालेन्ट, पर्सनालिटी, बेस्ट स्किन, बेस्ट हेयर, बेस्ट स्माइल, फोटोजेनिक, पपुलर विधामा पनि पुरस्कार दिइनेछ ।  
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %