नेपाली क्लबले बहराईनको राष्ट्रिय दिवसलाई भब्य मनाउने

Read Time:2 Minute, 33 Second

कृष्ण सारू मगर

मानमा-बहराईन ४ डिसेम्बर नेपाली क्लब द्वारा आयोजित नेपाली साँगितिक कार्यक्रमलाई कसरी भब्य र सभ्य सफल बनाउन सकिन्छ भन्ने विषयलाई मध्यनजर गरी अदेलिया स्थित नेपाली क्लवकै भवनमा २ नोभेम्बरका दिन बृहत छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

समीक्षा बैठकमा बराईनमा स्थापित विभिन्न, जातीय, क्षेत्रीय, वर्गीय, धार्मिक, साँस्कृतिक संघ, संस्था, संगठनका प्रतिनिधि, विशिष्ट ब्याक्तित्व स्थानिय पत्रकारहरूले उपस्थिति जनाएका थिए ।

श्रोतका अनुसार नेपाली क्लबले झण्डै १६ वर्ष अगााडी बहराईनको साँस्कृतिक मन्त्रालयको संबन्ध आधिकारिता प्राप्त एक मात्र संस्था हो । विभिन्न समयमा नेपाली क्लबले विविध कार्यक्रमहरू आयोजना गर्दै खेलकुद, नेपाली मौलिक कला, संस्कृतिक संरक्षण-प्रवर्द्धनमा विशेष महत्त्वका साथ टेवा दिनुका साथै समाजिक कार्यमा पनि कटिबद्ध भै अहम भुमिका निर्वाह गर्दै आएको क्लबका अध्यक्ष कमल श्रेष्ठले बताए ।

क्लबको निमन्त्रणामा नेपालका राष्ट्रिय कलाकारहरू, नायिका रिश्मा गुरुङ, चर्चित पार्स्व गायिका सहिमा श्रेष्ठ र चर्चित पप गायिका आस्था राउतको जोडदार साङ्गीतिक प्रस्तुतिले समस्त गीत, संगीत, पारखीहरूलाई भरपुर मनोरञ्जन दिलाउने छ । कार्यक्रम डेलमन ईन्टरनेश्नल होटेलमा मनाउने भएकोले गरिमामय उपस्थितिकालागि आयोजक समिति परिवार संबन्धित सबै महानुभावहरूलाइ हार्दिक निमन्त्रणा गरेको छ ।

बहराईनमा भएका विविध समाजिक कार्य र समस्याको समाधानका लागि आउँदो १६ डिसेम्बर सुक्रबारका दिन बहराईनको राष्ट्रिय दिवसको अवसरमा नेपाली साँगीतिक कार्यक्रम आयोजना गरेका हुन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %