लेबनानमा नेपाली महिलाको हत्या

Read Time:1 Minute, 27 Second

काठमाडौ, चैत्र १६
घरेलु काममा लेबनानमा कार्यरत एक नेपाली महिलालाई सिरियाली नागरिकले हत्या गरेका छन् । झापाकी २२ वर्षीया गीता श्रेष्ठ तामाङलाई अब्दुल करिमले विवाह गर्न दबाब दिएको भन्दै हत्या गरेका हुन् ।

घरेलु महिला निकै भएको लेबनानमा असुरक्षाको कारण देखाई सरकारले महिला कामदार पठाउन एक वर्षदेखि रोक लगाएको छ । हामीबीच शारीरिक सम्बन्ध थियो । गीताले आफू गर्भवती भएको भन्दै विवाह गर्न भनेकी थिइन्, करिमलाई उद्धृत गर्दै लेबनानस्थित अवैतनिक महावाणिज्य दूतावासमा स्वंयसेविका रूपमा कार्यरत दीपेन्द्र उप्रेतीले भने, त्यसपछि मैले केही सोच्नै सकिनँ । सीधै हत्या गर्न पुगें ।

घाँटीमा पासो लगाएको अवस्थामा गीताको शव आइतबार साँझ भेटिएको थियो । गीतालाई उनी कार्यरत घरमै हत्या गरिएको हो । सुरुमा आत्महत्या भनिएको थियो । हामीलाई चित्त बुझेन, उप्रेतीले भने, थप अनुसन्धान हुनुपर्ने अडान राखेपछि हत्या पुष्टि भएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %