देव पचभैया
पाल्पा, मंशिर १७ – हेक्लाङ ६ पाल्पाकी २४ बर्षिया विनु पुलामी मगरको रहस्यमय मृत्युमा संलग्नलाई कडा कारवाहीको माग गर्दे उनका परिवार र आफन्तले दिन दिनै खवरदारी जुलुस र दवाव मुलक कार्यक्रम गरिहेका छन् ।
नेपाल मगर संघ पाल्पाले समेत घटनाको बारेमा सत्य तथ्य छानविन गरी दोशीलाइृ कारवाहीको माग गरिसकेको छ ।
तॉहु ७ फुरुङ्गदी पाल्पाका २७ बर्षिय दिपेन्द्र बस्याल संग ४ बर्ष पहिले विनुको अन्र्तजातिय बिहे भएको थियो । श्रीमान् संगै बसेकी बिनु दशै देखि सम्पर्क विहिन भएपछि उनका माईतीले खोजविनका लागी प्रहरीमा निवेदन दिएका थिए ।
विनु घटनामा संलग्न भन्दै माईतीले विनुका श्रीमान् दिपेन्द्र उनका बावु लक्ष्मण र आमा पार्वती बिरुद्ध किटानी जाहेरी दिएपछि उनीहरु तिनै जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरीरहेको छ । श्रीमती बेपत्ता पारी फरार बिनुका श्रीमान् दिपेन्द्रलाई प्रहरीले काठमाण्डौबाट गत सोमवार पक्राउ गरेको थियो ।
घटनामा संलग्न माथि कडा कारवाहीको माग गर्दे विनुका आफन्त र परिवारले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिने क्रममा प्रहरीले लाठी चार्ज गरेको थियो ।
भिडीयो हेर्न यस लिङ्क थिच्नुहोस् !
{youtube}https://youtu.be/cREwxTwELLg{/youtube}