कृष्ण सारू मगर
कतार, नोभेम्बर २९ – पछिल्लो समय कतारमा धेरै नेपाली गीतहरुको म्यूजिक भिडियोले निकै नै छायांकनमा तिब्रता भएको पाईन्छ । यसै क्रममा नवोदित कलाकार गायक बिजय कुमार मगरको आफ्नो पहिलो कृति पप गित माया होइन मैलेको म्युजिक भिडियो गत हप्ता २५ नोभेम्बरका दिन छायांकन पुरा भएको छ ।
गीतको शब्द सृर्जना गायक मगरले गरेको हो । संगीतमा निरज थापा मगर रहेका छन् । क्यामेरा तथा म्युजिक भिडियोको सम्पादनमा गणेश बराल मगरले साथ दिएका छन् । भुपेन्द्र रिखाम मगरले म्युजिक भिडियोको निर्देशन गरेका हुन् ।
उक्त म्युजिक भिडियोमा एजो लट, सृजना रेस्मी मगर र गायक स्वयंमले अभिनय गरेका छन । उक्त म्युजिक भिडियोलाई We Five Groupले निर्माण गरेको हो । श्रोतका अनुसार ग्रुपले दोस्रो प्रस्तुतिकालागि तैयारी भैरहेको नेपाल मगर संघ शाखा कतारका महासचिव समेत रहेका गायक मगरले राज्यसत्ता डटकमलाई जानकारी गराएका छन् ।
छायाँकनमा कतारको विभिन्न रमणिय स्थलको दृश्य समेटिएको म्युजिक भिडियोलाई छिट्टै दर्शक तथा श्रोता माझ ल्याउनुका साथै युटुबमा राख्ने गायक मगरले बताएका छन । यस अघि पनि यो ग्रुपले गायक भिम बर्देवाको बितेका पल एल्बमको जिन्दगी बोलको गित सार्वजनिक गरि सकेका छन् ।