कतारमा छैठौं कार्यकालको अध्यक्षमा ३ प्रतिस्पर्धी भिड्ने तैयारी !

Read Time:4 Minute, 22 Second

दिल कुमार श्रेष्ठ

कतार, नोभेम्बर २९ –  नेपाल प्रवासी आदिवासीजनजाति महासंघ शाखा कतारको छैंठौ अधिवेशन यहि आउदो डिसेम्बर २ तारिक हुने भएको छ ।

यो संग संगै महासंघको आवद्ध रहेका जातीय सस्थाहरुले नयाँ कार्यकालका लागी विभिन्न पदहरुमा आ-आफ्ना दावेदारी प्रस्तुत गरिरहेका छन्  ।

यसपाली महासंघको अध्यक्ष पदमा यो समाचार तयार पर्दाको बेला सम्म ३ उमेदवारहरु प्रतिस्पर्धीका रुपमा देखिएका छन् । प्रतिस्पर्धी उमेद्वारहरुमा किरात राई यायोख्या बाट देबराज राई, मगर संघ कतार शाखा बाट लिलाम चिदी मगर, भुजेल समाज कतार बाट शिव कुमार भुजेल रहेका छन् ।

छैठौं अधिवेशनमा देखिएका उमेद्वारहरु पाँचौं कार्यकालका क्रमशः प्रथम उपाध्यक्ष, दिप्तिय उपाध्यक्ष र उपमहासचिव रहेका छन्  ।

नेपाली मौलिक  कला, संस्कृति परम्परा, जगेर्ना गर्नको लागी प्रवास कतारमा रहेका जनजातीहरुले आ-आफ्ना जातीय सस्था खोलेका हुन् । आफ्ना संस्कारहरुको संरक्षण गर्न लागी परेका जातीय सस्थाहरुले जनजातीहरु एक सुत्र बाँधिएर अगाडी बढ्ने उदेश्यले जनजाती महासंघ कतारको शाखा स्थापना भएको हो । अहिले सम्म कतारमा महासंघले कतारमा पाँचौ कार्यकाल सम्पन्न गर्दै छैठौं कार्यकालको लागी अधिवेशनको तयारी गरिरहेको छ ।

अधिवेशनको पुर्व सन्ध्या विभिन्न जातीय सस्थाहरुले  प्रमुख पदहरुमा दावेदारीहरु प्रस्तुत गरे पनि अन्त्यमा सहमतिमा जाने गरका थिए । यसपाली पनि त्यस्तै होस् भन्ने  चाहना सल्लाहकार परिषद्का एक सदस्यले बताए । अहिले सम्म आफ्ना आफ्ना सस्थाले पदका लागी दावेदारी प्रस्तुत गर्दै महासंघमा पठाएका प्रतिनिधिहरुको नामावली यस प्रकार छन् ।

मगर समाज बाट लिलम चिदी मगर, द्धितिय उपाध्यक्ष  (प्रत्यासी अध्यक्ष) केशब घर्ति मगर, केशब राना मगर, किराँत याक्थुङ चुम्लुङ बाट  मन कुमार आङ्वो, सागर तुङ्वाहाङ्फे , नगेन पाक्सवा, तमू समाज बाट  भाईकाजी गुरुङ (प्रत्यासी कोषाध्यक्ष), कृष्ण गुरुङ, तेज गुरुङ, राई यायोख्खा बाट देवराज राई प्रथम उपाध्यक्ष (प्रत्यासी अध्यक्ष), लोकखबहादुर राई, शरण कुमार राई, तामाङ समाज बाट सचिवालय सदस्य तेज तामाङ (प्रत्यासी द्धितिय उपाध्यक्ष), सन्देश तामाङ, गणेश ब्लेन्थेन तामाङ, कमल योन्जन तामाङ, थारु समाज बाट सत्यनारायण चौधरी, श्याम लाल चौधरी, भगवती चौधरी, भुजेल समाजबा ट उपमहासचिव शिव कुमार  भुजेल (प्रत्यासी अध्यक्ष), धनबहादुर भुजेल, श्रीमान भुजेल, रमेश भुजेल सुनुवार समाज बाट राजेश सुनुवार, बिष्णु बहादुर सुनुवार, इसान सुनुवार नेवा पुच: बाट  प्रमोद श्रेष्ठ (प्रत्यासी द्धितिय उपाध्यक्ष), दिल कुमार श्रेष्ठ, लक्ष्मण श्रेष्ठ माझी समाज बाट सह-कोषाध्यक्ष भरत माझी (प्रत्यासी कोषाध्यक्ष)  देव माझी, भरत बहादुर माझी, प्रेम माझी रहेका छन् । भने अन्य मातृ सस्था बाट अहिले सम्म विवरण आएको छैन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %