डेढ करोड बढीमा विक्री भयो यहुदी बालिकाको हस्तलिखित कविता !

Read Time:1 Minute, 55 Second

माया घले मगर

ईजरायल, नोभेम्बर २७ – विश्वमा विभिन्न खाले रेकर्ड कायम भइरहेको हुन्छ । यसै सिलसिलामा निर्वासित यहुदी बालिका एन्ने फ्र्यान्कको हस्तलिखित कविता करिब डेढ करोड रुपैंयाभन्दा बढीमा बिक्री भएको छ ।

फ्र्यान्कले डच भाषामा लेखेको कविता एक करोड ६२ लाख रुपैंयाँ अर्थात एक लाख ४० हजार युरोमा बिक्री भएको हो । बेलायती पत्रिका ‘दी गार्जियन’का अनुसार नेदरल्याण्ड्सको हार्लेममा प्रदर्शनीमा राखिएको एक पृष्ठको कविता राखिएको दुई मिनेटमै लिलामी भएको हो ।

सन् १९४२ मार्च २८ लेखिएको यो कविताको सुरुमा ‘प्यारी क्री क्री’ भनेर सम्बोधन गरिएको र सम्झना, एन्ने फ्र्यान्कको तर्फबाट भनेर अन्त्य गरिएको समाचार संस्थाहरुले जनाएका छन् । हिटलरको शासनकालमा नेदरल्याण्ड्समा लुकेकी यहुदी बालिका फ्र्यान्कको डायरी ‘डायरी अफ अ यङ गर्ल’ सर्वकालिक लोकप्रिय पुस्तकमा पर्छ हिटलर सत्तामा आउनुभन्दा चार वर्ष पहिले, सन् १९२९मा फ्र्यान्कफर्टमा जन्मिएकी उनी नाजी अधिनायकवाद सुरु भएपछि पितासँगै भागेर नेदरल्याण्ड्स गएकी थिइन् ।

नेदरल्याण्ड्स सन् १९४० मा नाजी सेनाको नियन्त्रणमा पुगेपछि उनीहरुले फेरि नाजी क्रुरता ब्यहोर्नु परेको थियो ।१६ वर्षकी फ्रयांकको सन् १९४५ मा बिरामी भएर मृत्यु भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %