बाहुन संग बिहे गरेकी बिनु मगर ढेड महिना देखि बेपत्ता (भिडियो सहित )

Read Time:6 Minute, 7 Second

कक्षामा बिधार्थी पढाउदा अन्तरजातीय बिवाहले समाज बलियो बनाउछ भन्ने हेडसरले आफ्नै छोराले अन्तरजातीय बिहे गर्दा व्यवहाँरमा लागु गर्न सकेनन ।  

खोजविनका लागी परिवारको अपिल

राज्यसत्ता ब्युरो

पाल्पा, मंशिर ९

तॉहु ७ फुरुङडी पाल्पाका २७ बर्षिय दिपेन्द्र बस्याल संग झण्डै चार बर्ष पहिले बिहे गरेकी हेक्लाङ ६ पाल्पाकी २४ बर्षिया बिनु थापा मगर झण्डै ढेड महिना देखि बेपत्ता भएको भन्दै माईती पक्षले खोजविनका लागी अपिल गरेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पामा लिखित उजुरी दिए पछि विनुका बावु नर वहादुर पुलामी र गाउलेहरुले जिल्लाका  पत्रकारलाई भेटेर सहयोग गरिदिन आग्रह गरेका छन् ।
भिडियो हेर्न तल लिङ्क थिच्नुहोस् ।
{youtube}https://youtu.be/iE-cWHR3Ga4{/youtube}

जिल्ला शिक्षा कार्यालय पाल्पामा प्राबिधिक पदमा कार्यरत बस्याल संग विनुको २०६९ भाद्र १५ गते विहे भएको थियो । उनीहरुको बिहेलाई केटाको परिवारले मन नपराएको बताईएको छ । तर बिनुका माईतीले भने भोजभतेर गरेरै मगरी परम्परा अनुसार ढोगबेट (बिहे स्वीकार्नु) दिएका थिए ।  बिहे भएदेखि नै बिनु, श्रीमान् दिपेन्द्र संगै उनकै घर तानसेनमै बस्दै आएका थिए । वि एस सि अध्ययनरत विनु र दिपेन्द्र वीच २०६६ साल तिर प्रेम सम्बन्ध रहेको र सात बर्ष देखि उनीहरु संगै बसेको आफन्तको भनाई छ ।


“बाबा आफुहरु घरको माथिल्लो तलामा टिका लगाएर रमाईलो गरेका छन्, म दोश्रो तलामै छु, दशैको दिन विनुले फोनमा भनेको संझदै उनका बावु  नर बहादुरले भन्नुभयो त्यसपछि न उनको फोन आयो, न यताको फोन उठ्यो नै । छोरीको फोन उठाएर ज्वाई दिपेन्द्रले पर छिन, एक छिन पछि गर्नु मात्रै भनीरहेको र पछिल्लो समय स्कोलरसिपमा भारतको बैङ्गलोर पढ्न गएको भन्ने जवाफ दिएको नर बहादुरको भनाई छ ।

विहे पछि नै खटपट !

माईतीका अनुसार दिपेन्द्रको परिवारले विनुलाई अस्वीकार गरेदेखि उनीहरुमा खटपट शुरु भयो । १५ लाख दिन्छु आफ्नै जातिमा जाउ भन्दै दिपेन्द्रका वावु आमाले विनुलाई पहिले देखिनै धम्की दिएको विनुले आफन्तले बताएका छन् । दिपेन्द्र बावु आमाले पनि आफुहरु  जिउदो रहे सम्म वुहारी घर भित्र्याउन नदिने अडानमा थिए । 

 
भाई मलाई जुन सुकै बेला मार्न सक्छन् भन्दै दिदीले बिहेको प्रमाण स्वरुप दुई जना संगै खिचेको फोटो र बिवाह दर्ताको सिफारिसमा लेखिएको कागज पत्र आफुलाई सुरक्षित राख्न दिएको विनु संगै तानसेनमा बस्ने भाई भद्र सिंग सिजालीले पत्रकार समक्ष जानकारी दिनुभयो ।

दुवैको मन्जुरीमा जिल्ला प्रशासन कार्यालयमा हुनुपर्ने बिहे दर्ता दिपेन्द्रले नक्कली बनाएर विनुलाई दिएको माईतीले बताए । सिफारिसमा विनोद कार्की  कानुन अधिकृृत भन्दै केटा र केटीको हस्ताक्षर गरिएको छ । (हे तस्विर) अधिवक्ता कार्कीभने आफुलाई यस बिषयमा कुनै जानकारी नभएको प्रतिकृया दिनुभएको छ ।

बिवाह दर्ता र नागरिकता बनाउन विनुले दिपेन्द्रलाई दवाव दिएपछि उनीहरुले त्यसो गरेको अर्का भाई डिवि थापाले बताउनुभयो ।
गाउकै मास्टरका छोराले विनुलाई बिहे गरेपछि सबैतिर खुशियाली थियो, विनुका छिमेकी मन बहादुर सारुले भन्नुभयो कक्षामा बिधार्थी पढाउदा अन्तरजातीय बिवाहले समाज बलियो बनाउछ भन्ने हेडसरले आफ्नै छोराले अन्तरजातीय बिहे गर्दा पचाउन सक्नुभएन । दिपेन्द्रका वुवा लक्ष्मण बस्याल  जनप्रिय मावि हेक्लाङका प्रअ हुनुहुन्छ ।

हत्याको आसंका

विनुका आफन्तले उनको हत्या भएको हुन सक्ने शंका गरेका छन् । उजुरी आएदेखि नै अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । गत कार्तिक ४ गते पाल्पाकै हुंगी असर्दी स्थित कालीनदीमा भेटिएको बेवारिसे लाश उनको हुनसक्ने संभावना छ, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरिक्षक हरी राज वाग्लेले भन्नुभयो गलेको लाश हुदा चिन्न गारो भएको हो, हामी अनुसन्धानमै छौ । प्रहरीका अनुसार विनुका माईतीले घटनाको वारेमा उजुरी दिन लागेको जानकारी पाएका दिपेन्द्र सोमवार देखि नै गाडी सहित फरार छन् । उनको खोजी भैरहेको छ ।

सम्बन्धित समाचार 

श्रीमती बिनु मगर बेपत्ता पारी फरार दिपेन्द्र अर्की मगर्नी लिएर हिडे !


 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %