कतारमा आदिवासीजनजाति महासंघले छैठौं महाधिवेसन गर्दै !

Read Time:1 Minute, 58 Second

कृष्ण सारू मगर

कतार, नोभेम्बर  २१  – नेपाल प्रवासी आदिवासीजनजाति महासंघ कतारले “पहिचान अधिकार सहितको संघियता, आदिवासीजनजातीको अडान, अधुरो, अपुरो, संविधान संशोधनका लागी हाम्रो साझा अभियान” भन्ने नाराका साथ यही आउँदो २ डिसेम्बर २०१६ सुक्रबारका दिन दोहा स्थित अल नख्यान रेष्टुरेन्टको सभाहलमा छैठौं महादिवेशन गर्ने भएको छ ।


छैठौं अधिवेशनलाई पुर्ण सफल बनाउन महासंघले १८ नोभेम्बरका दिन बसेको बैठकले आवद्ध छाता संगठनका पद्धेन पदाधिकारीको छलफल र अहिले सम्मको सम्पूर्ण तैयारीहरुको समिक्षा गरी छैठौं महादिवेशनलाई ऐतिहासिक सफल बनाउन कृयाशील विभिन्न १३ मातृ संस्थाहरू गृहकार्यमा जुटेका छन् ।

कतारमा स्थापित विभिन्न कृयाशील क्षेत्रीय, वैचारिक, धार्मिक तथा साँस्कृतिक, संघ, संस्था, संगठन, बुद्धिजीवी, समाजसेवी एवं सम्मानित ब्याक्तित्व साथै, स्थानिय पत्रकारबन्धु समक्ष पत्राचार गरेको उक्त कार्यक्रमको निमन्त्रणा पत्र प्राविधिक समस्याको कारण यहाँहरू सम्म नआई पुगेको खण्डमा यही सुचनालाई आधार मानी गरिमामय उपस्थितिका लागि नेपाल प्रवासी आदिवासी जनजाति महासंघ आयोजक समिति परिवार हार्दिक अनुरोध गरेको महासंघका महासचिव पुरूषोतम सुनुवारले राज्यसत्ता डटकमलाई बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %