साहित्यकार ,समाजसेवी धनबहादुर थापा मगर

Read Time:9 Minute, 17 Second

बेलायत, नोभेम्बर १९ – घनबहादुर थापा मगर बेलायतबासी नेपाली समाजमा एक चिरपरिचित नाम हो ।  थापा मगर बेलायतमा धेरै संघ-संस्थामा आबद्ध भएपनि उनि मगर संघ युकेका सरक्षक हुन् । बेलायतमै उच्च शिक्षा गरेका घनबहादुर पेशाले नर्स भएता पनि  उनि एक सफल ब्याबसायी, समाजसेवी मात्र नभएर एक चर्चित साहित्यकार पनि हुन् । 

उनका कृतिहरु “देशको माटोमा मेरो फूल” र “क्यक्मीको कोसेली” कबिता संग्रहबाट संकलित रकमले आफ्नो गृह जिल्ला स्यांजाको क्यक्मिमा कहिले पुल, कहिले बिद्यालय निर्माण र विद्यालयको स्तरोनतिको लागि शैक्षिक सामाग्रीको साथै कम्पुटर खरिद गरिदिन पुग्छन घनबहादुर थापा मगर हरेक साल नेपालमा । यस पाला थापा मगर “मायाको संसार” गीति एल्बम बिमोचन गर्न नेपाल पुगेका थिय ।

घनबहादुर थापा मगरको सब्द रचनामा, पावल चामलिंको एकल संगीतमा गायकहरु राजेश पायल राई, स्वरूप राज आचार्य र संजय तुम्रुक र गायिकाहरु टिका प्रसाई, श्रीयशी चेम्जोङ्ग लिम्बु, मिलन अमात्य, तारा श्रीष मगर र मेनुका राइले स्वर दिएका छन्  ।

उमेरले पचासे लागे पनि, प्राण भन्दा प्यारी श्रीमती कृष्ण संग घरजम बसाए पनि, घनबहादुर थापा मगर अझै पनि कसैको प्रतीक्षामा बसेको कुरा उनको पहिलो गीतको भावनामा व्यक्त गरेका छन् । यो भावना सुन्दा कतै उनका धर्म पत्नी कृष्ण एकातिर ठुस्किने त् होइन जस्तो डर लाग्छ ।

थापा मगरले उनको पहिलो शिर्ष गीतको भावना यसरी पोखेका छन्: “आउछु भन्ने मायाको बाटो हेर्दा हेर्दै धल्किएछ आधी उमेर तिम्लाई कुर्दा कुर्दै” घनबहादुर थापा मगरले उनका मायालुलाई आधी उमेर गैसक्दा पनि उनका मायालुलाई नै कुरेका मात्र छैनन् । गीतको अन्तराहरुमा उनले कुर्दै गरेका मायालुको जिउडाल र रुपको असाध्यै बखान गर्नुको साथै उनका मायालुले लगाएका बस्त्रलाइ लालिगुरास जस्तो प्राकृतिक सौन्दर्यसंग दाजेर बुढेसकालको यौनलाई छताछुल्ल पोखाएका छन् । उक्त गीतलाई गायक राजेश पाइल राईको स्वरले न्याय दिएको छ ।

घनबहादुर थापा मगरले आफ्नो प्राण भन्दा प्यारी तथा अर्धांगिनी कृष्णको ठुस्किएको मनलाई खुशी पार्न निकै सिपालु बनेको भान हुन्छ । सोझो इमान्दारी, ढाँट छल गर्न पटक्कै नआउने थापा मगरले उनको दोस्रो गीतलाई यसरी भावना व्यक्त गरेका छन् : “सागर जति गहिरो भए पनि तिम्रो माया जस्तो गहिरो छैन आकाशमा तारा जति भए पनि तिमि जस्ती उज्जेली कोहि छैन” स्वरुप राज आचार्य र टिका प्रसाईद्वारा गायको उक्त गीतलाई आधुनिक गीत संगीतको क्षेत्रमा उच्च दर्जाको शब्द, स्वर र संगीतमा मुल्यांकन गर्न सकिन्छ । शब्द, स्वर र संगीतको समायोजन अतिनै उच्च स्तरीय रुपमा निर्माण गरिएको छ । रचनाकारको शब्दलाई स्वर र संगीतले सान्चिनै प्राकृतिक तरिकाले न्याय गरेको छ ।

मायाको संसार एल्बममा जम्मा जम्मी छ ओटा गीत समाबेश गरिएकोमा तेस्रो गीत श्रेयशी चेंजोंग लिम्बुले रमाइलो पाराले गाएका छन्  । सायद घनबहादुर थापा मगर धेरै साल बेलायतमा बसेर होला तथा अति व्यस्तताको कारणले होला नाँच्न गाउन नपाएको, रमाइलो गर्न नपाएको दुख ब्यक्त गरेका छन । “हुन्थ्यो होला मेरो पनि तिम्रो जस्तो खुशीको दिन नाँच्ने गाउने हो खुशी हुने रमाइलो हाँस्ने क्षण” तर मेरो व्यक्तिगत रुपमा चिनेको धेरै बर्ष भयो । थापा मगर नाँच्न, गाउन र रमाइलो गर्नमा धेरै खप्पिस हुनुहुन्छ । स्यान्जाली झ्याउरेमा उनी गज्जबले नांच्नु हुन्छ । उनलाई उठबस गर्ने झ्याउरेको श्रीपेज पहिराएर “झ्याउरे नाँचको  राजा” संज्ञा दिए पनि हुन्छ ।

चौथो गीत मिलन अमात्य फुल बनि दिन्छन घनबहादुर थापा मगर भने भमरा बनि भुन भुन गर्दै मिलन अमात्य जस्ता धेरै फूलहरुको रस चोर्न पुग्छन र यो धर्तीमा फुलेका सयौ फुलहरुलाई यसरी फकाउछन । “भमरा र फुल बिना जीवन असम्भब छ मुटुको धड्कन बिना माया पनि असम्भब छ” घनबहादुर थापा मगर कहिले मायालुको पर्खाइमा आधि उमेर गुजार्छन, कहिले उनको मायालाई सागर संग दाजो गर्छन, कहिले नाँच्ने गाउने हाँस्ने रमाइलो गर्ने क्षण पर्खेर बस्छन भने कहिले भमरा र फुल कहानी मुना मदन जस्तै भाबुक भएर उनको श्रीमती कृष्णा थापा मगरको काखमा लाचार भएर टाउको लुकाएको भान हुन्छ ।

त्यस्तै गरि पाचौ गीतमा घनबहादुर थापा मगरले यसरी आफ्नो भावना व्यक्त गरेका छन् भने तारा श्रीष मगरले भावानामै डुबेर स्वर दिएर गीतलाई न्याय दिएका छन् । “त्यागे मैले बाबाआमालाई त्यागे मैले जन्म ठाउँ तिमिनै हौँ मेरो जीवन छोडी अन्तै कहाँ जाउँ” यसरी घनबहादुर थापा मगर जन्म दिने आमा बाबा त्याग्छन जन्मेको ठाउँ त्याग्छन इस्ट मित्र साथि संगी सबै त्यागेर आफ्नी अर्धांगिनी तिमि नै हौ मेरो जीवन छोडी अन्तै कहाँ जाउँ भन्दै लाचार बन्न पुग्ने थापा मगरले यो गीत पनि आफ्नो कहानी मात्र नभएर जोजसले प्रेम एकअर्कालाई प्रेम गर्छन उनीहरुलाई समर्पित गरे जस्तो भान हुन्छ ।

  एल्बमको अन्तिम गीतमा हाम्रो देश नेपालको देश भक्तिले ओतप्रोत भएको गीत पस्किन सफल हुनु भएको छ । आफ्नो जन्म भूमि देखि धेरै टाढा बेलायति भुमिमा कर्म थलो बनाएर बसेका घनबहादुर थापा मगरले बर्तमान परिस्थितिमा देशले भोगेको पिडा तथा रोजीरोटीको खोजीमा हरेक दिन धेरै युवाहरु बिदेशमा पलाइन हुन् बाध्य स्थितिलाई मध्य नजर गरि लेखिएको गीत कम मार्मिक छैन । गीतले यसरि संदेश दिन खोजिएको छ : “नेपाली माटो बिकाशको बाटो यहि फल्छ हिरा मोती फर्केर आउँ पाखुरा चलाउ बिदेशिएका जति” अस्थिर सरकार असक्षम राजनीतिक कर्मीहरुको कारणले युवा शक्ति महिला पुरुष दुवै दिदिनै बिदेशमा पलाइन भएको अबस्था हो ।

जसले गर्दा हाम्रो देशले जति बिकाश गर्नु पर्थ्यो त्यति बिकाश गर्न सकेको छैन । यो धुर्ब सत्य कुरा हो । ति जेष्ठ नागरिक, अपाङ्ग नागरिक, बाल बालिका र ति नालायक राजनीतिक कर्मीहरुलाई देश सुम्पेर विदेश नजानु भन्ने संदेश दिएको गीतले हामी बिदेशमा बस्ने सम्पूर्ण नेपालीहरुलाई  एक पटक सोच्नु पर्ने अवस्था सृजना गरिदिएको छ तथा कानमा टिंग टिंग घन्टी बजाइदिएको छ  । बिना युवा शक्ति देशको  बिकाश  निर्माण असम्भब छ भन्ने पुष्टि घनबहादुर थापा मगरले गरेका छन् भने ति नालायक राजनीतिक कर्मीहरुलाई एक थप्पड गालामा हिर्काएका छन ।

प्रस्तुति  चिम्खोले काईला !

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %