माया घले मगर
मैले सुनेको सत्य त्यो सत्यता भित्र
शान्ति हुन्छ, सदभाब हुन्छ
त्यो सदभाब भित्र कति मैले खोजे
सगरमाथा को चुचुरो मा खोजे
हुम्ला जुम्ला तिर खोजे
मान्छे को भिडहरु मा खोजे
टेलिभिजन मा खोजे
पत्र पत्रीका मा खोजे
गल्ली गल्लीमा खोजे अह शान्ति पनि भेट्न् सकिन
सदभब पनि भेट्दै भेटिन !!
बरु हुलका हुल जुलुस भेटे
नेपाल त बन्दै बन्द पो भेटे
बलात्कार र चित्कारै चीत्कार पो भेटे
दुख र पिडा हरु भेटे
मुर्दा जिन्दावाद भेटे
अह मैले शान्ति पनि भेटिन
सदभाब पनि भेटिन
भेट्दै भेटिन !!