राष्ट्रिय कलाकार दीपावली साँझ कार्यक्रमका लागि दोहामा आई पुग्यो ।

Read Time:1 Minute, 38 Second

कृष्ण सारू मगर

कतार, नोभेम्बर ९ –  नेपाल मगर संघ शाखा कतारको सांस्कृतिक बिभागले आयोजना गरेको मगर समुदायका अत्यन्त निम्न वर्गीय गरिव तथा जेहेन्दार विद्यार्थीहरुको “अक्षयकोष स्थापनार्थ यहि आउँदो ११ नोभेम्वर २०१६ शुक्रबारका दिन दोहा स्थित गल्फ प्याराडाईज होटलमा दीपावली साँझ कार्यक्रमका लागि नृत्य तथा हाँस्यकलाकार निर आले मगरको संयोजकत्वमा नेपालका चर्चित राष्ट्रिय लोक तथा दोहरी गायिका द्वय सृष्टि पुन मगर, अनु गुरुङ, र गायक आशिष वि.सी. दोहा आईपुगेका छन् ।

सम्पुर्ण कलाकारलाई हमाद अन्तराष्ट्रिय विमान स्थलमा नेपाल मगर संघ शाखा कतारका विभिन्न विभागीय पद्धेन पदाधिकारीहरूले राष्ट्रिय कलाकारहरूलाई स्वागत गरेको छ ।

मध्यपूर्वीय राष्ट्र दोहामा रहनु भएका समस्त गीत संगीत पारखी आदरणीय नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरूमा उक्त दिपावली साँझ कार्यक्रमलाई भब्य र सभ्य संपन्न गराउन गरिमामय उपस्थितिका लागि कलाकारहरूले संयुक्तरूपमा हार्दिक निमन्त्रणा गरेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %