हाँस्य बिधामा दर्शकको मन जिती राख्न चुनौती पूर्ण छ -कलाकार नीर आले मगर ।

Read Time:9 Minute, 21 Second

कृष्ण सारू मगर

-कलाकार निर आले मगर अहिलेका जल्दा बल्दा कलाकारको रुपमा गनिन्छन ,बिशेष गरी हास्य बिधामा उनको क्रेज बढी छ । मल्याङकोट स्याङ्जाका निर, आमा मन कुमारी आले र बाबु बोम बहादुर आलेको माहिला सन्तान हुन । उनका बाबु भारतीय सेनाका अवकास प्राप्त सुबेदार हुन । 

उनले हाल सम्म दर्जनौं म्युजिक भिडियो , नेपाली कथानक चलचित्र “प्रतिबिम्ब” ,देश बिदेशमा आयोजित बिभिन्न कार्यक्रम्म हरुमा आफ्नो अभिनय तथा निर्त्य माध्यम्बाट दर्शकको मन जिती सकेका छन ।
उनै बहु प्रतिभाका धनी निर आले मगर संग राज्यसत्ताका बहराईन संवाददाता कृष्ण सारु मगरको कुराकानी ।

तपाँई एक कुशल नृत्य तथा सफल हाँस्य कलाकार हुनु हुन्छ । यस कलाकारिता क्षेत्रमा प्रवेश गरेको कति भयो नी तपाईंले ?

 निर- झण्डै एक दशक पूरा हुँदैछ भयो ।

 हाँस्य कलाकारले दर्शक तथा शुभेच्छुकको मन जित्न कत्तिको कठिन छ ? साथै, आफ्नो कलाको प्रतिभा बाँड्दै हाल सम्म कति वटा देशको भ्रमण गर्नु भयो ?

निर – सहि प्रसंग उठाउनु भयो तपाईंले, विभिन्न विधाका कलाकारले विविध समस्या संग सामना गर्दै, संघर्षका बावजुद पनि आफ्नो कला र प्रतिभाको उचित स्थान, नपाएर कति कलाकारहरू ओझेलमा परेका थुप्रै उधारणहरू छन् । वर्तमानको समसामयिक विषय वस्तुमा ढालेर प्रस्तुति दिन भने सोचे जस्तो सहज हुँदैन ।
किन कि, आदरणीय पूर्व अग्रज कलाकारले बजार ब्यावस्थापन पश्चात् सोही, शब्द तथा लय श्रृजनालाई हाँस्य कलाकारले ब्यङ्ग्यात्मक सैलिमा ढालेर अभिनय गरी आदरणीय श्रोता तथा दर्शकलाई सन्तुस्ति दिलाउन निकै चुनौतीपुर्ण र धेरै कठिन पनि छ ।
मेरो कुशल कला र प्रतिभाको मुल्यांकन गरी आदरणीय दर्शक तथा शुभेच्छुकहरूको माया, सद्भाव, प्रेरणाले आज यो स्थान सम्म आउन सफल भएको छु । 

हाल सम्म हङकङमा दुईपटक, दुबई, भारत र जापान पुगेको छु । भने, यहि आउँदो ११ नोभेम्बर २०१६ सुक्रबारका दिन कतारको प्रतिष्ठित शहर दोहामा आउँदै छु ।
अत: हाम्रा अग्रज आदरणीय बुद्धिजीवी तथा शुभेच्छुक ज्यूहरूको सुझाब, सल्लाह, निरन्तर साथ पाएको खण्डमा आगामी दिनमा अझ राम्रा-राम्रा प्रस्तुतिले मनमोहक बनाउने विश्वास दिलाउन चाहन्छु । 

पछिल्लो समयमा श्रोता तथा दर्शक एवं शुभेच्छुकहरूमा हाँस्य कलाकारको माग ह्वात्तै बढ्दै गएको पाईन्छ । वास्तविकता के हो बताई दिनुस न ? 

निर – वास्तवमा भन्नु पर्दा हामीलाई विभिन्न परिकार मध्ये दाल, तरकारी, मासु आदि, ईत्यादिको भोजनका रूपमा ग्रहण गरिन्छ, त्यसमा थप अचार भै दियो भने झन् मीठो र स्वादिष्ट बन्छ । तसर्थ, हाँस्य कलाकार पनि त्यही अचार हो भन्न रुचाउँदछु । 

कलाकार के हो जस्तो लाग्छ ? 

निर-विभिन्न विधाका कुनै पनि कलाकार राष्ट्रका गौरव हुन् । अमुल्य सम्पत्ति हुन् । किन कि हाम्रो देश भौगोलिक विविधता, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक, बहुपहिचान र मौलिक परम्परा, संस्कार, संस्कृतिका धनी छौँ ।

 सोही बमोजिम विभिन्न उद्धेश्यले कलाकारले, संरक्षण, प्रवर्द्धनमा उत्तिकै महत्वपूर्ण भुमिका निर्वाह रहेको छ । भने समाजिक कार्यमा पनि योगदान पुर्‍याउँदै आएका छन् । तर, सम्बन्धित निकाय र मन्त्रालयले कलाकारहरूलाई उचित ब्यावस्थापन गराउन नसक्दा दु:ख लाग्छ । तसर्थ, अब संशोधन हुने संविधानले हरेक कलाकारलाई विशेष स्थान र राज्यले उचित ब्यावस्थापन सहित जिविको पार्जनका नीति, निर्माणको तहमा गम्भीर ध्यानाकर्षण रहोस् भन्न चाहन्छु । 

भर्खरै धुर्मुस सुन्तली नामक फौन्डेशनले विभिन्न देशमा रहेका नेपालीहरूको सह्योगले सिन्धुपाल्चोकको गिजनचौर स्थित एकीकृत नमुना बस्ती बनाई भुकम्प पिडितलाई हस्तान्तरण गरेको छ । हाँस्य कलाकारले नै देशमा एउटा नौलो र उधारणीय काम गरेको छ । उक्त समाचारका बारेमा समाजिक संजाल तथा विभिन्न मिडिया साथै, संचारले देश विदेशमा व्यापक भाईरल नै बन्यो । सबै एक जुट भै देशको बिकाशमा लागेको खण्डमा त सफल हुने रहेछौ नी समृद्ध राष्ट्र र नयाँ नेपालको परिकल्पना बोकेका हाम्रा देशका नेता तथा राज्यसत्ता संचालक प्रति के छ तपाईंको धारणा ?

 निर- आदरणीय सिताराम कट्टेल र कुन्जना घिमिरे (धुर्मुस-सुन्तली) ले आफ्नो ब्यक्तित्वलाई मात्र होईन सारा नेपालीको शिर उच्च बनाएको छ । उहाँले गर्दा नै सिङ्गो हामी कलाकारको मान प्रतिष्ठा बढेको छ । उक्त अभियान सफल बनाउन सबै क्षेत्र बाट आर्थिक, भौतिक, नैतिक वैचारिक साथ, सह्योगले (धुर्मुस-सुन्तली) फौण्डेशन सफल भएको हो । (धुर्मुस-सुन्तली) दम्पतीलाई हार्दिक बधाई दिन चाहन्छु । 

असंभब केही छैन भन्ने यही एकीकृत नमुना बस्तीको उधारण बाट हाम्रा देशका नेताहरूले उहाँको पाठ सिकुन् ।

 विगतमा गरेका आफ्ना गल्ती कमी, कमजोरीको आत्मा समीक्षा गरी सिमित स्वार्थलाई त्यागेर देश विकाश र समाजसेवा प्रति उत्तरदायी भै सकारात्मक ईक्षा शक्तिको बिकास हुनु पर्‍यो भन्न चाहन्छु ।

 

यहि आउँदो ११ नोभेम्बर २०१६ सुक्रबारका दिन दोहाको होटल प्याराडाईज स्थित नेपाल मगर संघ शाखा कतारको साँस्कृतिक विभाग द्वारा आयोजित नेपालका गरिब तथा जेहेन्दार मगर विधार्थीको अक्षकोष स्थापनार्थमा प्रतक्ष सह्योग पुर्‍याउने हेतुले देउसी भैलो कार्यक्रमको निमन्त्रणालाई स्विकार्दै तपाईं लगायत विभिन्न विधाका राष्ट्रिय कलाकारहरूले उक्त कार्यक्रमलाई भब्य र सभ्य सफल बनाउनका लागि आउँदै हुनु हुन्छन् कतारवासी तपाईंका समस्त श्रोता तथा दर्शक एवं शुभेच्छुकहरूलाई हाम्रो डिजिटल मिडिया राज्यसत्ता डटकम मार्फत केही सन्देश छन् ? 

निर- सर्बप्रथम त म लगायत विभिन्न विधाका अन्य प्रतिष्ठित राष्ट्रिय कलाकारलाई समाजिक सेवाभावको उद्धेश्यले ११ नोभेम्बरका दिन हुने विशेष देउसी भैलो कार्यक्रम २०१६ को निमन्त्रणा दिनु भएकोमा नेपाल मगर संघ शाखा कतारको मातहतमा रहेको कला तथा सास्कृतिक बिभाग आयोजक परिवार प्रति विशेष आभार प्रकट गर्दछु ।तसर्थ,
जीवन एक पलको हो । आउनुहोस् हामी संगै गाउौं, नाचौँ, रामाउौं कतारमा रहनु हुने समस्त हाम्रा आदरणीय गीत संगीत पारखी तथा कला प्रेमी एवं शुभेच्छुक ज्यूहरूमा यसै राज्यसत्ता डटकम मिडिया मार्फत गरिमामय उपस्थितिका लागि सबै पक्षमा विनम्र अनुरोध गर्दछु ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %