हिगासी ओकाजाकीमा शुभकामना आदान प्रदान कार्यक्रम

Read Time:2 Minute, 16 Second

मध्ये जापानको हिगासी ओकाजाकी स्थित माया रेष्टु्रेन्टको हलमा २६ मार्चका दिन थकाली सेवा समिति टोकाई जापानको आयोजनामा थकाली जातिको महान पर्व तोरन्ल २०६७ कार्यक्रम सम्पन्न भएको छ । समितिका सचिव योगेन्द्र शेरचनको संचालनमा भएको उक्त कार्यक्रममा उपस्थित पाहुनाहरुलाई सहसचिव गोपाल शेरचनले स्वागत गरेकाथिए । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । नेपाली आदिवासी जनजाति महासंघ जापानका केन्द्रिय अध्यक्ष केवि मगरले प्रमुख अतिथिको तर्फ बाट शुभकामना मन्तव्य दिने क्रममा नेपालमा धर्म निरपेक्षता राज्य घोषणा भईसकेपनि व्यबहारतः अझै लागु हुन नसकेको प्रष्ट पार्दै राज्यले सबै जातजातिको भाषा, धर्म र संस्कृतिलाई समान व्यवहार गनुपर्ने कुरामा जोड दिएकाथिए ।

विशेष अतिथि सुर्य तामाङ् लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिले पनि कार्यक्रमको पूर्ण सफलताको शुभकामना दिएकाथिए । कार्यक्रममा हालै जापानमा गएको महाभूकम्प र सुनामीका कारण जन-धनको ठुलो क्षति भएकोमा दुख व्यक्त गर्दै एक मिनेट मौनधारण गरी अलपत्र परेकाहरुकोलागी नेपाली आदिवासी जनजाति महासंघ टोकाई जापान र विभिन्न संघ संस्थाहरुको अगुवाईमा सहयोग संकलन सुरु गरेका थिए । अन्तमा समितिका अध्यक्ष चन्द्र शेरचनले पहिलो चरणको कार्यक्रमको समापन गरी दोस्रो चरणमा प्रवेश गरेको उक्त कार्यक्रम विहान सम्म विविध मनोरन्जनात्मक वातावरणमा सम्पन्न भएको थियो ।

एस.एच. राना मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %