सञ्जय सिङ्जाली मगर ,
ललितपुर , कार्तीक २०, मगर समाज सेवा केन्द्र ललीतपुरले दिपावलीको अवसरमा देउसी भैलो बार्यक्रममा भाग लिने कलाकारहरुलाई सम्मान गरेको छ ।
ले. मानबहादुर बुडा मगरको अध्यक्षतामा महासचिब चित्र बहादुर पुन मगरले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । देउसी भैलो कार्यक्रममा करिब ६ लाख १६ हजार जम्मा भएको र करिब २ लाख ३५ हजार रुपैया खर्च भएको संघका कोषाध्यक्ष भिम श्रीस मगरले जानकारी दिनु भयो ।
संघका सचिब पूर्ण बहादुर राना मगरले देउसी भैलो कार्यक्रम सफल पार्न सांस्कृतिक कार्यक्रको मुख्य भूमिका निभाउनु हुने प्रमुख प्रशिक्षक, प्रशिक्षक संयोजक सह संयोजक लगायत कलाकारहरुलाई प्रशंसापत्र बारे जानकारी दिनु भयो ।
कार्यक्रममा मगर संघ हङ्कङ्का पूर्ब महासचिब भिम थापा मगर र उहाँका धर्मपत्नि मधु राना मगरलार्इ स्वागत एबं सम्मान समेत गरिएको थियो ।
फोटो : हुबिमगर
{facebook}1090887207627473{/facebook}
पुरा फोटो हेर्न लिङ्क थिच्नुहोस
:मगर समाज समाज सेवा केन्द्रले कलाकारलार्इ सम्मान गर्यो.
