मगरहरूलार्इ सभामुख अोनसरी घर्ती बाट शुभकामना ! फोटो झलकहरू:

Read Time:2 Minute, 12 Second

सञ्जय सिंजाली मगर

काठमाण्डौ, कार्तीक १६ – नेपाल मगर संघले कार्तीक १२ गतेका दिन ललितपुर मगर समाज सेवा केन्द्रको भवनमा यस पटकको शुभदिपावली तथा देउसी फाईलो कार्यक्रम सम्पन्न गरेकोछ ।

कार्यक्रममा प्रमुख अतिथि सभामुख ओनसरी घर्ती मगरले देश बिदेशमा रहेका सम्पूर्ण मगर तथा गैर मगरहरुलाई सुख समृद्धीको कामना गर्दै दिपावलीको शुभकामना दिनु भएको थियो । शुभकामना दिेने अन्य ब्याक्तित्वहरुमा क्या. यमबहादुर बुढाथोकी मगर,ले.मानबहादुर बुडा मगर र मेन्द्र थापा मगर हुनुहुन्थ्यो ।

नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नबिन रोका मगरको अध्यक्षतामा संघका भाषीक उपाध्यक्ष दलबहादुर बिरकटा मगरको स्वागत मन्तब्य रहेको थियो भने केन्द्रीय कोषाध्यक्ष कमला थापा मगरले अतिथि पाहुनाहरुलाई ब्याज बितरर्ण र संघका सचिब रेनुका काउचा मगरले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । संघका पूब अध्यक्षद्धय यमबहादुर बुढाथोकी मगर , महेन्द थापा मगर , ललितपुर मगर समाज सेवा केन्द्रका अध्यक्ष लेफ्टिनेन्ट मानबहादुर बुडा मगर, पूर्ब सांसदहरु, मगर संघ आबद्ध बिभिन्न संघ सस्थाका अभियान्ता तथा मगर प्रबुद्धो ब्याक्तिहरुको समेत उपस्थित रहेको थियो ।

कार्यक्रमको बिच बिचमा मगर कलाकारहरुले मगरहरुमा आधारीत सांस्कृतिक रमाईलो गर्दै उक्त दिन देउसी फाईलो समेत खेलिएको थियो ।

फोटो : हुबिमगर

{facebook}1086966528019541{/facebook}

पुरा फोटो हेर्न तल थिच्नुहोस :

 मगरहरूलार्इ सभामुख अोनसरी घर्ती बाट शुभकामना !

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %