प्रवासी सहकारी संस्थाको दिपावली बनभोज तथा शुभकामना ।

Read Time:2 Minute, 39 Second

बिजय लक्ष्मी राई

दुबई यु ए ई ३१ अक्टुवर २०१६ – दिपावली २०७३ को अवसरमा प्रवासी बहु उदेश्यीय सहकारी संस्थाले यु ए ई को अल्यन अबुधाबी सडकमा पर्ने अलखातुम स्थित ग्रीन फार्म हाउस मा विभिन्न कार्यक्रमको साथ सु सम्पन्न गरेको छ|

संस्थाको औपचरिक कार्यक्रम अध्यक्ष रामकुमार चाम्लिङ्ग राइको अध्यक्षतामा सुरु भयको कार्यक्रममा संस्थाको उपाध्याक्ष टिकाराम तामाङ्ग र रामकुमार गुरुंगले सबैलाई दिपावली २०७३ को शुभकामना मन्तब्य दिनु भयको थियो अतिरिक्त क्रियाकलाप अन्तर्गत महिला र पुरुष तर्फ फुटबल र हाँडी फुटाइ रहेको थियो भने बिजेता समुहलाई पुरस्कार पनि बितरण गरियको थियो |

साथमा प्रवासी बहु उदेश्यीय सहकारी संस्थाको राहात तथा उदार कोषको सहयोगार्थ भाग्यशाली उपहार योजना को पनि चिठा खोलियको थियो | जसमा उपहार बिजेता हरुलाई पनि उपहार प्रदान गरियको थियो नेपालि परिकारको सम्पूर्ण खानाको तयारि गरियको थियो भने सेल रोटी ले भने सबैको मन लोभ्यायाको थियो |

साँझ ०६ बजे सामुहिक लक्ष्मी पुजा गरे बाट सुरु गरियको देउसी भैलो कार्यक्रम करिब १ घण्टा सम्म खेलियको थियो | कार्यक्रममा यकल नृत्य तथा यकल गायन तथा सामुहिक गायन र सामुहिक नृत्य गरेर आ आफ्नो प्रतिभा देखाउनु भयको थियो कार्यक्रमको माध्यम बाट नेपालि नेपाली बिचको भाइचारा सम्बन्धलाई सुद्रिढ गर्ने र यक आपसमा मित ब्यायीताको भावना जाग्रीत गराउने र नेपालको संस्कृतिको संरक्षण र सम्वर्दन गरि बिदेशमा नै भयपनी स्वदेशको झझल्को मेटाउने उदेश्य रहेको संस्थाको सचिव सुत्रमनि दुमी राईले बताउनु भयो |कार्यक्रमको समापन वनभोज कार्यक्रम मा उपस्थित सबै सहभागी हरुलाई धन्यबाद दिदै संस्थाको अध्यक्ष ले गर्नु भएको थियो|

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %