कतारमा मगर संघले “अक्षय कोष स्थापनार्थ दीपावली साँझ—२०१६” मनाउने !

Read Time:2 Minute, 19 Second

कृष्ण सारू मगर

कतार, अक्टोबर ३० – नेपाल मगर संघ, शाखा कतारको मातहतमा रहेको कला तथा सांस्कृतिक बिभागको द्वरा आयोजित मगर समुदायका अत्यन्त निम्न वर्गीय गरिव तथा जेहेन्दार विद्यार्थीहरुको “अक्षय कोषमा, प्रतक्ष लाभ पुर्‍याउने हेतुले यहि आउँदो ११ नोभेम्वर २०१६ शुक्रबारका दिन दोहा स्थित गल्फ प्याराडाईज होटलमा दीपावली साँझ कार्यक्रम मनाउने भएको छ ।

नेपालका चर्चित राष्ट्रिय लोक तथा दोहरी गायिका द्वय सृष्टि पुन मगर, अनु गुरुङ, गायक आशिष वि.सी. र नृत्य तथा हाँस्यकलाकार निर आले मगरको साथमा नेपाल मगर संघ, शाखाको कला तथा सांस्कृतिक विभागको बेजोड प्रस्तुति नेपाली मौलिक परम्परागत संस्कृति झल्किने बिभिन्न प्रस्तुतिहरुको साथमा धमाकेदार प्रस्तुतिले भरपुर मनोरञ्जन गराउने कार्यक्रमका संयोजक सोम थापा मगरले राज्यसत्ता डटकमलाई बताएका छन् ।

मध्यपूर्वीय राष्ट्र दोहामा समाजिक अवधारणा बोकी स्थापित विभिन्न जातिय, क्षेत्रीय, वर्गीय, तथा धार्मिक संघ संस्था, संगठनमा आवद्ध, समाजसेवी, बुद्धिजिवि, उधोग, ब्यवसायी, कलाकार तथा, खेलाडी एवं विभिन्न मिडियामा आबद्ध पत्रकारवन्धु लगायत समस्त गीत संगीत पारखी आदरणीय नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरूमा उक्त दिपावली साँझ कार्यक्रमलाई भब्य र सभ्य संपन्न गराउन गरिमामय उपस्थितिका लागि आयोजक समिति परिवार हार्दिक निमन्त्रणा गरेको छ ।

नोट: विस्तृत जानकारीका लागि पोष्टरमा उल्लेखित सम्पर्क गर्नु हुन अनुरोध छ !

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %