गायिका कृष्टि आलेको मौलिक कौह्रा ‘यस्तै छ गाउँले जीवन’ बजारमा !

रूद्र श्रीसमगर

पोखरा,  कात्तिक १२ – सुरिलो स्वरकी धनी गायिका कृष्टि आलेमगरको मौलिक कौह्रा गीत ‘यस्तै छ गाउँले जीवन’को म्यूजिक भिडियो बजारमा आएको छ ।

तनहुँको केशवटार, रामकोट गाउँमा छायाड्ढन गरिएको म्यूजिक भिडियोमा सुनिल थापामगर र सुनिता थापामगरले अभिनय गरेका छन् ।

गायक बलविक्रम थापामगर र गायिका कृष्टि आलेमगरको स्वर रहेको कौह्रा गीतको लय गायक स्वयं बलविक्रम थापामगरले बनाएका हुन् भने शब्द बलविक्रम थापामगर र गणेश चेपाङको रहेको छ ।

टाइगर्स फिल्मस् प्रालिले बजारमा ल्याएको सो म्यूजिक भिडियोमा गोविन्द पुनको निर्देशन र दानबहादुर श्रीसको छायाड्ढन तथा सम्पादन रहेको छ । गायिका कृष्टिले लोकपपसहित अन्य लोकगीत विधाका गीत पनि यसअघि नै बजारमा ल्याइसकेकी छिन् ।