क्या गजबको चाला,भ्रष्टचारी छुट्दा एक क्विन्टलको माला !

माया घले मगर

मुक्तक


विदेश जाने चेली हो तिहारमा  नेपाल फिर्नू है
एयरपोर्टमा रक्षा गर्लान् होश चाहि गर्नू है |

पाप छोप्ने निरुपण आयोग कहिले बन्ने हो 
अख्तियार प्रमुख नै भ्रस्ट भए पछी जेलमा कहिले तान्ने हो |

नेता भने खोकी लाग्दा अमेरिका पुग्दछन
डाक्टरको  उपचारै नपाई गरिब चाही मर्दछन् |

कस्तो समाज कस्तो देश क्या गजबको चाला
जेलबाट भ्रष्टचारी छुट्दा एक क्विन्टलको माला |

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %