मेजन पुन
मगर चलचित्रकर्मीहरुको चौतर्फी बिकासको लागि मगर चलचित्रकर्मी संघ बिधिवत नेपाल सरकारमा दर्ता भई २०६६ सालमा स्थापना भएको एक संस्था हो ।
चलचित्र कर्ममा लागेर चलचित्रको माध्यमबाट मगर जातिको भाषा, धर्म, संस्कृति, कला, रितिरिवाज, मिथक, कथा, इतिहास, उनीहरुको जीवनयापन लगायतका बिषयहरुलाई उजागर गर्न लागिपरेका मगर चलचित्रकर्मीहरुलाई एक ठाउँमा लिएर सामुहिक उद्देश्यका साथ युवराज मास्की राना मगरको अध्यक्षतामा स्थापना भई सञ्चालनमा आएको छ । मगर चलचित्रको इतिहास हेर्दा २०५१ सालमा शुरु भई २०५२ सालमा “लङ्घन” (प्रयास) सम्पन्न भएको थियो ।
मगर चलचित्रकर्मी संघको स्थापना मुख्यतः सरकारलाई आदिबासी जनजाति चलचित्र मैत्री नीति निर्माण गर्न दवाव दिने, मगर चलचित्रकर्मीहरुलाई संगठित गर्ने, आदिवासी र मगर बिषय बस्तुका चलचित्रहरुको बजारको प्रबद्र्धन गर्ने उद्देश्यहरु परिपुर्ति गर्न विभिन्न चुनौतिहरु पार गर्दै यहाँसम्मको यात्रा तय गरेको छ । हाल यस संस्थाले महत्वपुर्ण चरणमा प्रबेश गर्दै आदिबासी जनजाति चलचित्र महासंघमा आवद्ध भई छरिएर रहेको आदिबासी जनजाति चलचित्रकर्मीहरुलाई एक ठाउँमा ल्याउने प्रयत्न पनि गरिरहेको छ । जसको कारण सामुहिक रुपमा अधिकारको निम्ति वकालत गर्ने साझा फोरम बनेको छ । जसको माध्यमबाट हालसम्म बनेका तर दर्ता नभएका चलचित्रहरुलाई एकमुष्ट चलचित्र विकास बोर्डमा दर्ता गर्ने प्रयत्न गरिरहेको छ । जसले गर्दा आदिवासी जनजाति चलचित्रकर्मीहरु पनि अहिले राष्ट्रको कलाकारको मान्यता प्राप्त गर्ने संघारमा छन् । आदिबासी जनजाति चलचित्रको छुट्टै सेन्सर बोर्ड बन्ने प्रकृयामा छ । आदिवासी जनजाति चलचित्र प्रवद्र्धन समितिमा आदिवासी चलचित्र महासंघको सिफारिसमा र प्रवद्र्धन समितिको अभ्यास लोकतान्त्रिक हुने प्रयासमा छ ।
यसै सन्दर्भमा हामी— हिन्दूहरुको महान पर्व दशैंको संघारैमा छौं । शहर किनमेल र घर पुग्नको लागि टिकटको खोजी गर्नुको साथै कसरी घर पुग्ने योजना बनाउँदैछन् । र, दशैको बेला चारैतिर दोकान बन्द र सरकारी कार्यालय पनि बन्द हुने हुँदा यो बेला मगर चलचित्रकर्ममा लागेका व्यक्तिहरुले के योजना बनाईरहेका छन् भन्ने कौतहुलता लागेर यो लेख तयार पारिएको छ । हुनतः मगर संघले दशैं परित्यागको घोषणा गरेको भएतापनि दशैको समयमा सबैतिर बजार बन्द हुने र चलचित्र क्रियसनमा लागेका व्यक्तिहरु र यसमा आवद्ध कलाकारहरुको दशैं अवधि के कसरी बित्दैछ भन्ने योजना बुझ्नको लागि मात्र यो लेख तयार गरिएको छ ।
१) मगर चलचित्रकर्मी संघका अध्यक्ष युवराज मास्की राना मगर अहिले आदिवासी चलचित्र प्रर्वद्धन समितिको संयोजक पनि हुनु हुन्छ । यसर्थ आदिवासी चलचित्र प्रर्वद्धनको लागि बेलायतको यात्रामा छन् । त्यहाँ आदिवासी चलचित्र प्रदर्शन तथा आदिवासी चलचित्रकर्ममा लागेका व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । साथै मगर चलचित्र प्रर्वद्धनको लागि बेलायत मगर संघका पदाधिकारीसँग अन्तरक्रिया कार्यक्रम पनि गर्ने योजना बुनेका छन् । यसर्थ वहाँको दशैं अवधि परिवारसँग टाढा बेलायतमा आदिवासी चलचित्र तथा मगर चलचित्र प्रवद्र्धन गर्ने कार्यक्रम तथा बेलायतमा बसोबास गर्ने आफन्तहरुसँग भेटघाट गरि बिताउने योजना बनाएका छन् ।
२) मगर चलचित्रकर्मी संघका महासचिव हिमाल पुन आफुले निर्देशन गरेको डकुेन्ट्री सोरठी अनलाईनमा प्रवद्र्धन गर्न व्यस्त छन् भने मगर चलचित्रकर्मी संघको आगामी कार्यक्रम— क्यामेरा तालिम र डाईरेक्सन तालिमको लागि गुरुयोजना फाईनल गर्दैछन् ।
३) पहिलो मगर चलचित्र लङघनका नायक राज थापा मगर यतिबेला आफ्नो घर झापा पुगिसकेका छन् । राज थापा मगर बिशेष गरि नाटकमा व्यस्त रहन्छन् । परिवारमा बाबा दशैं परित्याग आन्दोलनमा संलग्न भए पश्चात टिका नथापेका उनी मगर चलचित्र निर्माण भएको २० वर्ष पछि मगर चलचित्र रैयाँमा बिशेष भूमिका खेलेपश्चात उनको व्यस्तता यस क्षेत्रमा ह्वात्तै बढेको छ । भर्खरै मगर विषय वस्तुमा आधारित चलचित्र शिरपूmलको लेखन कार्य सम्पन्न गरि फर्केका राज थापा मगर दशैं लगत्तै कलाकार छनोट तथा कार्तिक १ देखि ६ गते सम्म यस चलचित्रको वर्कसपमा कलाकारहरुसँग बस्ने छन् । यस चलचित्रमा उनको पनि महत्वपूर्ण भूमिका रहेको छ भने वर्कसप पश्चात यो चलचित्र तुरुन्त दशैं पछि काठमाडौंदेखि छायाँकन शुरु हुने छ भने तिहार पछाडि तनहुँमा सुटिङ हुने छ ।
४) मगर चलचित्रकर्मी संघका केन्द्रीय समिति सदस्य भीम राना मगर भर्खर मगर विषयवस्तुमा आधारित मगर चलचित्र घुमाउने घरको काम सकेर काठमाडौं फर्केका छन् भने लगत्तै गोर्खा लिगलिगकोटमा आयोजित साँस्कृतिक कार्यक्रममा आमन्त्रित भएको हुँदा त्यहाँ कार्यक्रम छायाँकनको लागि जाँदैछन् । त्यहाँको साँस्कृतिक कार्यक्रम पश्चात पोखरामा आफन्तहरुसँग भेटघाट गरि बुटवल पुगेर सहकारीको कार्यक्रम गरि टिकाको दिन गाडी पायो भने बुटवलबाट आप्mनो घर स्याङजाको लसर्घा— पुग्ने योजना बनाएका छन् । र, पुर्णीको दिन (असोज २९) मा गोर्खा बुङकोटमा मगर विषयवस्तु र आफ्नो कथामा आधारित चलचित्र खुर्पेटोको प्रथम प्रदर्शनमा पुग्ने योजना राखेका छन् । काभ्रे र नवलपरासीबाट पनि कार्यक्रममा उपस्थितिको लागि खबर आए पनि कार्य व्यवस्थताको कारण पुग्न नसक्ने भएका छन् ।
५) मगर चलचित्रकर्मी संघको भूपू सचिव तथा आदिवासी चलचित्र महासंघका संस्थापक महासचिव एवम् भूपू अध्यक्ष प्रतिमाया पुन दशैंमा भैरहवा माईत जाने सोचाई बनाई राखेका छन् । मगर चलचित्र सालीज्यू निर्माण गरि प्रथम मगर महिला निर्देशकमा आफ्नो नाम लेखेकी प्रतिमाया पुन यतिबेला महिलाहरुको लागि बिजनेस र प्रोफेसन वुमन सुनाकोठी च्याप्टर र सृजनशील मगर महिला समूहको सचिवमा रहेर दुई संस्थामा व्यस्त छिन् ।
६) सबैभन्दा बढी मगर चलचित्रमा अभिनय गरिसकेका वरिष्ठ कलाकार पूर्ण थापा मगर (सुगा) को हालै गुरुङ चलचित्र— नबुझिएको यो मन… लमजुङको बेसीशहरमा एक हप्ता प्रदर्शन सम्पन्न भएको छ । यस भन्दा अगाडि माओत्से गुरुङको निर्देशनमा निर्मित गुरुङ चलचित्र नकैफुमा समेत अभिनय गरेका पूर्ण थापा मगर (सुगा)— गुरुङ चलचित्रमा पनि चिनिने मगर कलाकार बनेका छन् । दशैंको अवधिमा आँबुकोटको परिवेश बारे उनले हालै प्रकाशन गरेको आफ्नो पुस्तक प्रवद्र्धन गरिरहेका छन् भने हत्या हिंसा मन विरोधी भएकै कारण तथा मगरहरुले दशैं परित्या गरिरहको आन्दोलनमा उनी १३/१४ वर्ष अगाडि देखि संलग्न छन् । यसर्थ उनलाई गाउँ जाने ईच्छा छैन । यसै अवधिमा उनी मगर चलचित्र रैंयाँको प्रदर्शनको लागि नजिकको तनहुँको मगर गाउँ भीरकोट र साथै गोर्खाको मगर गाउँ कुसुन्देमा पुग्ने योजना राखेका छन् ।
७) मगर चलचित्रकर्मी संघका केन्द्रीय समिति सदस्य विश्वास आले मगर आफ्नो लेखन÷निर्देशनमा निर्मित पहिलो चलचित्र खुर्पेटोको बजार व्यवस्थापन गर्दै दशै बिदा बित्ने सुनाउँछन् । भर्खर विरामी परेको कारण उनी आराम पनि गरिरहेका छन् । तर उनी काभ्रे पाँचखालमा स्थित आफ्नो घर पुगेर ठुलाबडाको आर्शिवाद थाप्ने तर्खर गर्दैछन् । असोज २९ गते गोर्खा बुङकोटदेखि मगर विषयवस्तुमा आधारित खुर्पेटोको औपचारिक प्रथम प्रदर्शनको तयारीमा सबैसँग छलफल पनि गरिरहेका छन् । जुवा, तास, जाँड, रक्शीदेखि टाढा रहेर खुर्पेटोकै प्रवद्र्धन गर्दै दशैं बित्ने बताउँछन् । कुवेत र भीमादमा खुर्पेटो प्रदर्शन गर्ने योजना पनि रहेको हुँदा त्यसको तयारीमा समेत लागिरहेका छन् ।
८) मगर चलचित्र एजु, एजु २, हाम्रो सानो गाउँ र सालीज्यूमा अभिनय गरिसकेकी शान्ति पुन मगर दशैंको बेला भैरहवा घरमा जाने योजना बनाई राखेका छन् । हाल उनी केयर नेपाल र राष्ट्रिय मुक्त हलिया महासंघको संयुक्त परियोजना मुक्ति परियोजनामा एडमिन एण्ड फाइनान्स अफिसरको रुपमा कार्यरत छिन् । उनी सृजनशील महिला समुहको सदस्यमा रहेर पनि कार्यरत छन् ।
९) मगर चलचित्रकर्मी संघ केन्द्रीय समितिमा हालै मात्र मनोनित सदस्य अनिल बुढा मगर लोम्बा चलचित्रका लेखन/निर्देशक हुन् । मगर विषयवस्तुमा निर्माण भएको मगर चलचित्र घुमाउने घरमा कलाकारको रुपमा आफ्नो भूमिका सम्पन्न गरि काठमाण्डौ फर्केका अनिल मगरको दशैंको अवधि काठमाण्डौमा रहेर एउटा नेपाली चलचित्रको स्क्रिप्ट लेखनमा व्यस्त रहने छ । उनको लेखन र निर्देशन रहने चलचित्र कुनुको… रुकुमको गाउँले भाषामा निर्माण हुने चलचित्र लेखनको पनि लगभग सबै काम अन्तिम अवस्थामा छ भने माघदेखि सुटिङमा जाने योजना समेत राखेका छन् । दशैमा अरु घर गएर साथै जुवा, तास खेलिरहँदा उनी चाहिं तास खेल्न नआउने भएकै कारण चलचित्रको स्क्रिप्ट लेखनमा व्यस्त रहने बताउँछन् ।
१०) मगर चलचित्र रैंयाँमा मुख्य भुमिका निर्वाह गरि आफ्नो नाम मगर चलचित्रमा लेखाउन सफल नायिका प्रिया थापा मगर पोखरामा घर छेउमा स्थित व्हेलनन एकेडेमीमा ७ र ८ कक्षामा शिक्षकको रुपमा अध्यापन गराउँदछन् भने मास्टर डिग्री अध्ययन पनि गरिरहेकी छिन् । अर्णपूर्ण एफएममा समावेशी आवाज नामक कार्यक्रम पनि सञ्चालन गरिरहेकी छिन । रैंयाँ पश्चात अन्य चलचित्रहरुमा खेल्नको लागि कुरा चले पनि पहिले आफ्नो अध्ययन पुरा गर्ने योजना रहेको कारण खासै ध्यान दिएकी छैनन् । दशैंको अवधिमा टिका नलगाएको ६/७ वर्षनै भईसक्यो यसर्थ टिका नलगाए पनि आफन्तहरुसँग भेटघाट गर्दै खाने/बस्ने कार्यक्रम छ ।
११) गुरुङ चलचित्र र नेपाली चलचित्रमा अभिनय गरिसकेका मिन पुर्जा पुनले मगर चलचित्र रैंयाँमा समेत बिशेष भुमिका निर्वाह गरेका छन् । दशैंमा पोखरामा आफ्नो परिवारसगै बसेर रमाईलो गर्ने सोंच छ भने कुनै बिशेष योजना चाहिं बनाएको छैनन् । पोखरामा आयोजना हुने हरेक कार्यक्रममा पुग्ने मिनलाई नेपाली चलचित्रहरुमा ससाना भुमिका खेल्नको लागि अफर आईरहेकै छ भने अब ससाना भुमिका नखेल्ने कि भन्ने सोचाई गर्दैछन् । अब अलि महत्वपूर्ण भुमिका पाए मात्र खेल्ने कुरा सुनाउँछन् ।
सबै तस्बिरको लागी यो लिङ्क थिच्नुहोस:
Rajyasatta added 12 new photos to the album: मगर चलचित्रकर्मीहरु र हिन्दूहरुको महान पर्व— दशैं.
(लेखक मगर चलचित्रकर्मी संघ, केन्द्रीय समितिकाउ पाध्यक्ष हुनुहुन्छ)