हिमाल पुन
काठमाण्डौ, असोज १५ – बेजिला फिल्म एण्ड मिडिया प्रा लि. को ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘डु यु लभ मी ?’ को टाईटल गितको भिडियो युट्युबमा सार्बजनिक भएको छ । यस गितलाई हाईलाईटस् नेपालले सार्बजनिक गरेको हो ।
त्रिकोणात्मक प्रेम कथामा आधारित रहेर निर्माण गरिएको यस चलचित्र निर्माण सुदिप रानाले गरेका छन भने निर्देशन तथा लेखन सञ्जय काउछाको रहेको छ ।
चलचित्रमा मुख्य भुमिकामा चर्चित म्युजिक भिडियोहरुमा अभिनय गरि सकेका मोडेल लक्ष्मण पुनले गरेका छन भने मिस मंगोल २०१२ को बिजेता सपना रोका मगरले यस फिल्मबाट डेब्यु गरेकी छिन ।
साथमा प्रमोद खड्का, श्याम राई, पुस्कर गुरुङ, कबिता आले मगर, रमेश अधिकारी, शक्ति पुन, हेमा थापा मगर लगाएतका कलाकारहरुले अभिनय गरेका छन । चलचित्रमा राजेन्द्र खड्कीको द्धन्द, कविराज गहतराजको नृत्य एवम् शेर बहादुर लामा र पुरुसोत्तम प्रधानको छाँयाङ्कन रहेको छ ।
यो गितमा राजु भुजेलको संगित, सञ्जय काउछाको शब्द तथा सुगम पोखरेलको स्वर रहेको छ । गितमा गोपाल रसाईलीले संगित संयोजन गरेका छन । यो चलचित्रले आफ्नो आधिकारि प्रदर्शनआगामी अक्तोबर ३० तारिखमा जापानबाट सुरु भई कोरिया हुदै नेपालमा प्रदर्शन गरिने निर्माण पक्षले जानकारी दिएको छ ।
भिडियो हेर्न यो लिंक थिच्नुहोस् ।
{youtube}https://youtu.be/QWsoxhGtnsE{/youtube}