झूस्या मगरको ‘सम्झनाका घाउ’ र ‘विश्वास’ एक साथविमोचित !

Read Time:3 Minute, 11 Second

श्याम रानामगर

काठमाडौं, असोज १४ – लोकबहादुर थापा ‘झूस्या मगर’द्वारा मगरभाषामा लिखित र नेपाली भाषामा अनुवादित ‘सम्झनाका घाउ’ र ‘विश्वास’गरी दुई उपन्यास कृतिको काठमाडौंमा विमोचन गरिएको छ ।

दुई औपन्यासिक कृतिको प्रगतिशील लेखक संघ, नेपाल केन्द्रीय समितिको आयोजनामा शुक्रबार भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ले विमोचन गर्नुभएको हो ।

संघका केन्द्रीय अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममाकेन्द्रीय उपाध्यक्ष रामप्रकाश पुरीले स्वागत मन्तव्य राख्नुभएको थियो । प्राज्ञ श्रवण मुकारुङले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा जगत उपाध्याय प्रक्षित, रमेश भट्टराई र विश्वभक्त दुलाल ‘आहुति’ले कृतिहरूको समीक्षा गर्नुभएको थियो ।

कृतिको समीक्षामा कृतिमाथि बोल्दै समीक्षकहरूले साहित्यमा पनि मातृभाषाको विकास र क्रान्तिको आवश्यकता रहेको कुरामा जोड दिएका थिए । प्रगतिशील लेखक संघ, नेपालका महासचिव आरएम डंगोलको सञ्चालनमा भएको कार्यक्रममा कृतिका सर्जकले कृति रचना र अनुवाद गर्दाको अनुभव पनि बाँड्नुभएको थियो ।

उपन्यासकार लोकबहादुर थापा ‘झूस्या मगर’ पृथ्वीनारायण क्याम्पस, पोखराका पूर्व उप–प्राध्यापक तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय उत्थान प्रतिष्ठानका पूर्व सदस्यसचिव पनि हुनुहुन्छ ।

स्याङ्जाको बिरुवा अर्चलेमा जन्मिनुभएका झूस्या मगरले मगर भाषा साहित्य सम्बन्धी सात वटा, मगर भाषा सम्बन्धी चार वटा, सम्पादन तीन वटा, पाठ्यपुस्तक तीन वटा साथै विभिन्न अन्य कृतिहरू प्रकाशन गरिसक्नुभएको छ ।

उपन्यासकार झूस्या मगर ‘थापा मगर हर्क पुरस्कार–२०४८’, नेपाल मगर संघ केन्द्रीय समिति, राष्ट्रिय प्रतिभा पुरस्कार–२०५३ युवा खेलकुद तथा संस्कृति मन्त्रालय, जीतबहादुर सिंजालीमगर साहित्य पुरस्कार–२०६३ जीतबहादुर सिंजालीमगर साहित्य प्रतिष्ठान, नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार–२०६९, नेपाल प्रज्ञा–प्रतिष्ठान जस्ता पुरस्कारहरूबाट सम्मानित भइसक्नुभएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %