देब पचभैया
पाल्पा, असोज १२ – ठिमुरे गा.बि.सको धोर्लिखरक पाल्पामा भएको भलिबल प्रतियोगिताको उपाधि आयोजक हिमालयन युवा क्लबले नै हात पारेको छ ।
अन्तिम प्रतिस्पर्धामा माउन्ट भ्याली सिद्धेश्वर यूवा क्लब सावने लाई हराउदै हिमालयन क्लबले २५ हजार ५ सय ५० नगद र शिल्ड मेडल अनि प्रमाण पत्र हात पारेको खेल संयोजक दिपक पचभैयाले जानकारी दिनुभयो । दोश्र्रो हुने माउन्ट भ्यालीले १६ हजार ५ सय ५० , शिल्ड मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ । प्रतियोगितामा तेश्र्रो भएको कारीकोट स्पोर्ट क्लब स्याङ्गजाले ८ हजार ८ सय ५० नगद , शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्यो ।
दशै तिहारको अवसरमा ३ दिन सम्म संचालन भएको प्रतियोगितामा पाल्पा , स्याङ्गजा र गुल्मी जिल्ला बाट २१ समुहले भाग लिएका थिए । प्रतियोगितामा हिमालय क्लबका खेलाडी सुभास चन्दलाई उत्कृष्ट खेलाडी पुरस्कारले सम्मान गरिएको आयोजक सदस्य नरेश बगालेले जानकारी दिनुभयो ।
बिजयी समुह र खेलाडीहरुलाई नेपाल मगर भूपू सैनिक प्रहरी संघका केन्द्रिय अध्यक्ष हुम बहादुर थापा (पचभैया) ले पुरस्कार बितरण गर्नुभयो । पुरस्कार बितरण गर्दे प्रमुख अतिथि थापाले खेलकुदले नै देशको ईज्यत जोगाएको भन्दै स्वास्थ्यको लागी पनि खेल जिवन निकै फाईदा जनक भएको बताउनुभयो । कार्यक्रममा बिशिष्ट अतिथि मगर संघका पुर्ब केन्द्रिय सदस्य गम बहादुर थापा र मगर पत्रकार संघका केन्द्रिय महासचिब देब पचभैयाले गाउमा हुने बिभिन्न प्रतियोगिताले स्थानिय खेलाडीहरु लाई आफ्नो कला र प्रतिभा देखाउने अवसर मिलेको बताउनुभयो ।
सान वहादुर गाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कृष्ण आलेले गरेका थिए । प्रतियोगिताको बिच बिचमा साहारा कलाकेन्द्रको बिभिन्न नृत्य समेत प्रस्तुत गरिएको थियो ।
हेर्नुहोस भिडियोमा नाँच/फार्इनल गेम:
{youtube}https://youtu.be/TNWvMS9Doys{/youtube}
{youtube}https://youtu.be/JldxxF5RN78{/youtube}
भलिबल प्रतियोगिताको फार्इनल खेलको तस्बिरहरू:
Rajyasatta added 49 new photos to the album: ठिमुरे, पाल्पामा भलिवल प्रतियोगिता सम्पन्न (भिडियो सहित).