-By-दिल थापा ( दिभुष)
निद्रा पुग्यो भन्दैमा बिहानी होईन नि त्यो मध्यरात ।
मगरले मागेको भूमी मगरको मात्र होईन नि त्यो मगरात ।।
तिम्रो पनि हो ।
मेरो पनि हो ।।
हजुरको पनि हो ।।।
अलग – अलग अनुहार देखिने हामि सबै नेपालीको हो ।।।।
मगरात भुमिमा हामि मिलेर बस्दा बस्दै ।
पल्लो घरको भाले बास्दैमा बिहानि होइन नि यो मध्यरात ।।
मगरले मागेको भूमी मगरको मात्र होइन नि यो मगरात ।।।
तिमीपनी फुल्न पाउनु पर्छ ।
म पनि फुल्न पाउनु पर्छ ।।
हजुरले पनि फुल्न पाउनु पर्छ ।।।
यो मगरातमा ।
वेद र पुराणको मधुर धुप फिजाउन पाउनु पर्छ ।
अनी
मस्जिदहरुमा नमाज पढ्न पाउनु पर्छ ।।
चर्चहरुमा प्राथना गर्न पाउनु पर्छ ।।।
गुम्बाहरुमा बुद्धका उपदेश लिन पाउनु पर्छ ।।।
यो मगरातमा ।
बाक्लो कुहिरो लाग्दैमा दिउँसो होइन नि त्यो मध्यरात ।
राजनीतिक नक्सामा मगरात लेख्दैमा मगरको मात्र होइन नि त्यो मगरात ।।
दिल थापा ( दिभुष)
दमौली , तनहुँ