गजल-म यस्तो देशमा छु ।

शोभा आले मगर


काठमाण्डौ,

हो म यस्तो देशमा छु, जहा रातदिन सयौं चेलीहरु रेटिन्छन ।
चोक चोकमा गल्ली गल्लीमा, बमका पोकाहरु भेटिन्छन् ।

देशद्रोही र भ्रष्टचारी चोर डांकाको  लहरमा,
राम्रा भनौदाहरु अचेल बालुवाको अक्षरसरी मेटिन्छन् ।

तिमी पो छौ ऐस आराममा, जाउ हेर गाउ बस्तीहरु
छाक टार्ने बाहनामा सयौं, चेलीहरु बिदेशीतिर लखेटिन्छन् ।

मुखले ठिक्क पार्छन सरकार, सबैलाई सम्मान गर्छौ,
जागिर होस् या छात्रवृत्ति, ठुलाबडा समेटिन्छन् ।

चोक चोकमा गल्ली गल्लीमा, बमका पोकाहरु भेटिन्छन् ।
हो म यस्तो देशमा छु, जहा रातदिन सयौं चेलीहरु रेटिन्छन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %