निफ अवार्ड जित्न सफल “सोरठी“ !

Read Time:2 Minute, 25 Second

हिमाल पुन मगर

भदौं ३१ – सोरठीको नालीबेली उतारिएको वृत्तचित्र युट्युबमा सार्बजनिक भएको छ । उक्त वृत्तचित्र हिमाल पुनद्वारा निर्माण, निर्दे्शित तथा ब्ल्याक रोज फिल्म को प्रस्तुति रहेको छ । वृत्तित्र धौलागिरी र गण्डकि क्षेत्रमा बसोबास गर्ने मगर जातीमा प्रख्यात छ ।

यो वृत्तित्रमा सोरठी रानीको कथा बोकेको गिती नाचमा आधारित छ। दशैको काल रात्रीबाट सुरु भई मंसिर महिनाको पुर्णिमामा समापन हुने सोरठी नाच हाल पाल्पा को बल्ड्याङ गदिका मगर राजा जयसिङ र उनकी छोरी सोरठी को जीवनमा घटेको घटनाको बारेमा बर्णन गरिएको छ ।

यो कथालाई बलिहाङ राजाले दाजु राजा जयसिङ को सम्झना मा बिशेष गरि तिहारको अवसरमा आफ्नो राज्य मा गाउन उर्दि गरेको पाईन्छ । त्यस समय यता यो नाच ठुलो समुहमा नाच्ने गरिन्छ । ठुलो समुहमा नाचिने भएकोले ठुलो नाच पनि भन्ने चलन छ।

सोरठी वृत्तित्र के निफ अर्थात नेपाल ईन्टरनेसनल ईन्डिजिनियस फिल्म फेस्टीबल सन २०१३ मा सेकेण्ड रनर अफ अवार्ड पाउने सफल भएको थियो । यो अवार्ड ईन्डिजिनियस फिल्म अर्काईभले हरेक बर्षे आयोजना गर्ने गर्दछ । यससंगै टिईटिभी टईवानमा पनि छनोट हुन सफल भएको थियो । 

ब्ल्याक रोज फिल्मस्को प्रस्तुतिमा बनेको सोरठीमा शशिराम काउचा मगर र निरज पुनलाई फिचरिङ गरिएको छ । वृत्तचित्रमा सोरठी नाच तथा नाचमा प्रयोग गरिने सांगितिक बाजासंगको अन्तर्वातामा समेटिएको छ । यो भिडियो पाण्डबखानीमै तयार पारिएको छ । यो वृत्तचित्र संस्कृति सम्बन्धी अध्ययन, अनुसन्धान र चासो राख्नेहरुको लागी उपयुक्त छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %