संजय सिंजाली मगर
ललितपुर, भदौं ३१ – बनेपामा राष्ट्रिय जनमुक्ति पार्टी तामाङ्ग सालिङ राज्य परिषदको गठन सम्पन्न भयो । उक्त कार्यक्रमा तामाङ्ग सालिङका युवा नेता बलदिप राईले आफ्नो केहि मन्तव्य राख्नु भएको थियो ।
संघीय, पहिचान, र अधिकार आजको आवश्यकता हो । हाम्रो जनजातिहरुलाई हामीले कसरी हुन्छ, सहि तरिकाले शिक्षित बनाउन आवश्यकता देखिन्छ र यो हामी नेतृत्व राष्ट्यि जनमुक्ति पार्टीको पनि जिम्मेवारी हो ।
अब हामी कसरी हुन्छ अघि बढ्नु पर्छ र अहिले हाम्रो काधमा जिम्मेवारी पनि थपिएको छ । अब हामी यसरी कानमा तेल हालेर बस्ने समय होईन ।
यदी हामी नजाग्ने अथवा जनतालाई नजगाउने हो भने यो देशको रितिरीवाज यस्तै रहिरहने छ । आदि मन्तव्यहरु व्यक्त्त गर्नु भएको थियो ।
{youtube}https://youtu.be/0fNNp_JomHs{/youtube}