खपाङ्गी फाउण्डेसनलाई बेलायत र स्पेन बाट सहयोग ।

Read Time:2 Minute, 53 Second

संजय सिंजाली मगर 

काठमाण्डौ, भदौं २८ – नेपालका आदिबासी जनजातिका अगुवा तथा पूर्व मन्त्री स्व. गोरे बहादुर खपाङ्गी मगरको नाममा स्थापना भएको फाउण्डेसनलाई सहयोग प्राप्त हुने क्रम जारी छ ।

हिम ज्योती आलेमगर श्रीमान GOMEZ को साथमा

बेलायत बाट छोटो नेपाल घर बिदामा आउनु भएका बागलुङ्ग हारीचौर गा.वि.स बडा नं.३ ठुलाथार लामोडाडा हाल ललितपुर ४, बागडोल  निवासी  दिलकुमारी पुनमगरले संरक्षक बापत २५ हजार पाच सय रुपैया दिनु भएको छ । उहा घर बिदा सकेर श्रीमान इन्द्र पुनमगरको साथमा  बेलायत फर्किसक्नुभएको छ । इन्द्र पुनमगर Global LEAF project UK का founder अध्यक्ष हुनुहुन्छ । पुनमगरले निकट भबिश्यमा नेपालमा आधुनिक  बिश्वबिध्यालय स्थापना गर्ने सोच बनाउनु भएको छ।

त्यस्तै दश हजार तिरेर फाउण्डेसनको आजिवन सदस्य लिनेमा स्पेन निवासी हिम ज्योती आलेमगर रहनु भएको छ । हिम ज्योती आलेमगरको जन्म स्थान रामेछाप जिल्लाको ठोसे गाउमा भएको हो । उहाको बाबा गुण बहादुर आलेमगर र आमा रुद्रमाया आलेमगरको कोखबाट जन्मिनु भएको हो । उहाले १५ बर्षको हुदा क ख रा पढ्न स्कुल सूरु गर्नु भएको थियो । र १० बर्षको र्कोष ७ बर्षमा सिध्याए लगत्तै, १०+२ मा भर्ना हुनु भयो । त्यस पछि पढाई संगसगै स्कुलमा काम गर्न थाल्नु भयो ।

पुनमगर दम्पती

उहाको बिवाह स्पेनीस नागरीक MATEO VARGAS GOMEZ संग भएको हो । उहाको एक छोरी बर्ष ९ कि सारा र एक छोरा बर्ष ७ का बिशाल छन् । उहाहरू स्पेनको BARCELONA, calella भन्ने ठाउमा बस्दै आउनु भएको छ ।

हिम ज्योती आलेमगर साँचिकै दिलको  ज्योती हुनुहुन्छ ,उहाले कसैको दुख्ख देख्न सक्तिनन्  । आलेमगर बिवाह भएर स्पेन गए देखि नेपालको बिध्यालय,स्वास्थ्यचौकी,सडक बनाउन र दिनदुखिहरूलार्इ सहयोग गर्दै आउनु भएको छ । उनि स्पेनमा बसेर नेपाललार्इ हाल सम्म करिब ५० लाख रूपैया सहयोग गरेको बताउनुहुन्छ । दुबै दानबिरलार्इ गोरेबहादुर खपाँगी फाउन्डेसनले धन्यबाद दिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %