‘गजल”

‘गजल”

(माया घले मगर हाल : इजरायल)


अस्मिताको माला च्याती चारैतिर छर्नेहरु
तल झारी अरुलाई झुट्टो हल्ला गर्ने हरु ||

हेर्दै गर्नु आफुले नि ,पिडित भै बाचेर
तिल जत्रो कुरालाई सगरमाथाको जत्रो चुचुरो बनाइ भर्नेहरु ||


किन गर्छौ गलत प्रचार महिला हिंसाको कुरा,परिवार नै फुट्ने गरि
आफुलाई हेर्ने कुन दृष्टिकोणले कृतिमतामा मर्नेहरु ||


नेपाली नागरिकता माथि कब्जा गर्नु, छैन कसैको कानुनमा अधिकार

नैतिकता लाई भुलीकन मन भित्र चर्नेहरु ||


पुरस्कार के पाउछौ हँ ? गरिब, टुहुरा मन लाई रुवाएर

निर्दोष बन्न किन खोज्छौ ? काँडा भै झर्नेहरु ||


धन्यबादका पुष्प-गुच्छा तिनीहरुलाई चढाउछु,

निर्दोष मनलाइ रुवाएर ती गरिबलाई फुटाएर आदर्श गृह की महलतिर सर्नेहरु ||