खपाङ्गी मगर प्रति शोक प्रस्ताव पारित गर्दै मगर संघ युएईको दोर्सो बैठक सम्पन्न !

Read Time:3 Minute, 6 Second

सुर्य आले मगर

युएई, सेप्टेम्बर १२ :- नेपाल मगर संघ युएईले, नेपाल मगर संघ, नेपालका भुपू अध्यक्ष एवं आदिवासी जनजाति आन्दोलनका शिखर पुरुष सोर्गिय नेता गोरे बहादुर खपाङ्गी मगरको असामयिक निधन प्रती गहिरो दु:ख प्रकटकासाथ, शोक-प्रस्ताव पारितगर्दै आफ्नो दोर्सो बैठक सम्पन्न गरेको छ।

गत ९ सेप्टेम्बर, युएई आबुधाबी स्थित मूरुर कर्नेशपार्कमा संघका अध्यक्ष शुशी पुलामी मगरको अध्यक्षता र भुपू अध्यक्ष हरि बहादुर घर्तिमगरको आतिथ्यतामा सम्पन्न भएको संघको दोर्सो बैठकले नेता खपाङ्गीले,जातियमुक्ती आन्दोलनमा  दिनुभएको अतुलनीय योगदानको स्मरण गर्दै, एक मिनट मौन-धारणाकासाथ,उक्त शोक-प्रस्ताव पारित गरेको हो।

बैठकमा उहाँको असामयिक निधनले हाल मुलूकमा भै रहेको, पहिचान र अधिकारको आन्दोलनलाई अपूर्णनिय क्षति भएको चर्चा भएको थियो। सोही अवसरमा नेता खपाङ्गीको आदिवासी जनजाति आन्दोलन प्रती दिनु भएको योगदानको चर्चा गर्दै, भुपू अध्यक्ष हरि बहादुर घर्तिमगरले, कुनै समय २/४ जना मान्छे देख्नासाथ गोरुगाडामा चडेर जातियमुक्तिको शंखफुक्ने नेता खपाङ्गीले, हामी सत्ता नपुगेपनी हाम्रो विचार सत्तामा पुग्नेछ भन्नू भएको विचार स्मरण गर्दै, आज साच्चै उहाँका विचार मुलुकको राजनिती केन्द्रमा रहेको र उक्त विचारलाई सम्बोधन नगरी मुलुकलाई अगाडी वढाउने सपना देख्नु मूर्खता हुने भएकोले, अहिले मुलुकमा चलिरहेको पहिचान र अधिकारको आन्दोलनलाई सवै मिलेर परिणाममुखी बनाउनु पर्ने वताए।

बैठकले जारी मगरातप्राप्ति आन्दोलनलाई समय सापेक्ष सवै किसिमका सहयोग गर्ने निर्णय गर्दै, आगामी ३५औं मगर दिवस भव्यरुपमा मनाउन नेपालबाट कलाकार ल्याउने जिम्मा १२ मगरात प्रमुख अर्जुन गारङ्ग्जा मगर, हल व्यवस्थापन र स्थानिय कलाकारको ब्यवस्थापन र प्रशिक्षणको जिम्मा महासचिव सुर्य आले मगर,कोषाध्यक्ष प्रमिला थापामगर र संगठन विभाग प्रमुख केशर बहादुर थापा मगरलाई दिएको छ।

बैठक महासचिव सुर्य आले मगरले संचालन गरेका थिए भने वरिष्ठ उपाध्यक्ष राम थापा मगरले स्वागत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %