कृष्ण सारू मगर
साउदीअरब, १० सेप्टेम्बर -साउदी अरबको मरुभूमिमा विगत १६ वर्ष देखि बन्धक जीवन बिताइरहेका पल्लीकोट–४, ढाँप गुल्मीका टेकबहादुर रास्कोटी मगरलाई उद्धारका लागि साउदीका लागि का.बा महामहिम राजदूत आनन्दप्रसाद शर्माले त्यहाँका श्रम सहायक मन्त्रीलाई भेटेर यस विषयमा ध्यानकर्षण गराउनु भएको छ ।
दूतावासले यसअघि साउदीको परराष्ट्र मन्त्रालयलाई रास्कोटी मगरको यथार्थ जानकारी दिँदै उद्धार गरिदिन अनुरोध गरेको थियो । श्रम सहायकमन्त्रीले स्थानीय प्रशासन सँग समन्वय गरी उद्धारको अवस्थाबारे जानकारी लिने बताएका थिए ।
साउदीको राजधानी रियाद देखी झन्डै एक हजार किलोमिटर टाढा पर्ने हाब्राल वादिम नजिकै रहेको मरुभूमिमा ७७ वटा ऊँटको गोठाला बनाएर झण्डै डेढ दशक भन्दा धेरै समय बितिसक्दा न त घर पठाउँछ नत तलब नै बराबर समयमा दिन्छ ।३९ वर्षीय रास्कोटीका अनुसार ‘सुरुमा चार सय रियाल थियो, पाँच वर्ष पछि एक सय बढायो, पछि आठ सय, कठिन काम गर्दा पनि हाल एक हजार रियाल तलब तोकिएको भएता पनि पाउनु पर्ने तलब अझै सात वर्ष सम्मको हिसाब बाँकी छ उनले भने ।
मालिकले मोबाइल फोन खोसे पछि सम्पर्कविहीन बनेका टेकबहादुरलाई दूतावासले हाल सम्म सम्पर्कमा आउन समस्या भएको श्रोतले जनाएको छ दूतावासले साउदी सरकारलाई पुनस् उद्धारका लागि प्रयास थालेको छ । छिटो उद्धारका लागि श्रम सहायक मन्त्रीको ध्यानाकर्षण गराएको छु महामहिम का।बा राजदूत शर्माले भन्नू भयो ।
बिल्डिङ कन्स्ट्रक्सनको काम हो भन्दै १ अगस्ट २००१ मा अर्थात, विगत १६ वर्ष देखि जाडो, गर्मी, तातो हावा संगै विविध समस्याका झेल्दै खुल्ला आकाश मुनि मरुभूमिमा रहेका रास्कोटी मगरले काठमाडौंको गोल्डेन इन्टरनेसनल म्यानपावर एजेन्सीलाई नेरू ७० हजार तिरेर पठाएको बताएका छन् ।
खाध्य सामाग्री पनि मालिकले अड्कलेर मात्रै ल्याउने गर्दछ यहि ऊँटलाई दिने पानी ट्यांकी मुनि नै बस्न बाध्य छु । मुख्य सडक देखि झन्डै ४० किमी भित्र मरुभूमिमा रहेको ऊँट गोठ छ । भागेर बाहिर निस्कन खोजे ज्यान जान्छ । मलाई राखेको ठाउँ मालिकलाई मात्रै थाहा छ ।साउदीको हाफ्राल वाटिन भन्ने सहरमा मन्दु नुहाब सम्मेरी नामक मालिकको घर छ । एयरपोर्ट बाट सिधै मरुभूमिमा ल्याए त्यस पछि बाहिर निस्केको छैन । मालिकले बदलीमा नआए सम्म जान नमिल्ने बताए । आज त्यो दिनको गन्ती गरेको पनि डेढ दशक भयो । उनका भनाई अनुसार म जसरी पनि यो नर्क जस्तो मरूभुमि बाट सुन्दर देश मेरो जन्म भुमि नेपाल जान चाहन्छु ।