फलेन्द्र बलम्पाकी मगर
दुबई, भदौं २० – नेपाल मगर संघ, शाखा यु.ए.इ दुबई क्षेत्रीय समितिको आयोजनामा, बार्शिक उत्सव तथा स्वर्गीय अरुण थापा मगरको १७ औं स्मृति साङ्गितक साझका साथै हालै स्वर्गारोहण हुनु भएका नेपाल मगर संघका भुतपुर्व अध्यक्ष तथा पुर्व माननीय मन्त्री गोरे ब. खपाङ्गी मगरको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरि उनको तस्विरमा माल्ल्यार्पण गरि शोक सभा मनाइयो।

कार्यक्रमको अध्यक्षता नेपाल मगर संघ शाखा यु.ए.इ दुबई क्षेत्रीय समितिका अध्यक्ष राजेन्द्र थापा मगर ज्यू ले गर्नु भएको थियो। प्रमुख अतिथमा नेपाल मगर संघ यु.ए.इ शाखाका अध्यक्ष राजु सिन्जाली मगर ज्यू ले गर्नु भएको थियो। स्वर्गीय गोरे ब. खपाङ्गी मगरले नेपाल मगर संघ प्रति खेल्नु भएको सशक्त भुमिका र योगदानको बारेमा चर्चा गर्नु भएको थियो। कार्यक्रमका अध्यक्ष राजेन्द्र थापा मगर ज्यू ले , हामी मगर हरुले मगर अग्रज हरुले देखाएको बाटो मा एकताबद्ध भइ आफ्नो मौलिक पहिचान , परम्परा , धर्म, संस्कृति र भेषभुषा लाई सधैं बचाइ राख्नुपर्नेमा जोड दिनु भयो। औपचारिक कार्यक्रम नेमस शाखा यु.ए.इ दुबई क्षेत्रीय समितिका सचिव बिष्णु घर्ती मगर ज्यू ले संचालन गर्नुभएको थियो।

कार्यक्रममा नेमस शाखा यु.ए.इ दुबई क्षेत्रीय समितिका संचार विभाग प्रमुख फलेन्द्र बलम्पाकी मगर ज्यू ले नेपाली साङ्गितिक क्षेत्र का कर्नप्रिय र कालजयी गीतका धनी स्व : अरुण थापा मगरले नेपाली संगीत क्षेत्रमा विरह र मर्म स्पर्शी गीत हरु गायर नेपाली गीत संगीत क्षेत्रमा कहिले नमर्ने अजम्बरी गीत हरु गायर दर्शक तथा श्रोताहरु लाई छोडेर जानुभयो । पारिवारिक जिवनमा अनेकौं आरोह अवरोह का साथै जातीय विभेदका कारण वैवाहिक जीवन असफल भएर बिक्षिप्त भएका स्व : अरुण थापा मगरले, आफ्नै जिवनमा मेल खाने किसिमका गीतहरु गाए ।

२००३ को बिबिसी वल्र्ड सर्भिस को दस उत्कृष्ट गीत छनौट मा सातौ स्थान ओगटन सफल, ऋतुहरुमा तिमी हरियाली बसन्त हौ, नदि हरुमा तिमी पवित्र गंगा हौ ,… निकै चर्चित रहेका यो गीत हरेक पुस्ताले मन पराएका छन ।
नेपाली संगीत क्षेत्र का कालजयी गीतका नक्षत्र स्व: अरुण थापा मगर लाई, तत्कालीन सरकारले मृत्यु हुँदा पनि शोक संदेश समेत प्रकाशित नगरेर उपेक्षा गरियो । आजको यो दिनसम्म आइपुदा सम्म कुनै पनि संघ संस्थाले, स्मृति दिवस थप्ने काम मात्रै भएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्थानीय कलाकार नव गायक : डि बि लुङ्गेली मगर ” समर्पण ” ले अरुण थापा मगरको कर्नप्रिय गीत ” जति माया लाए पनि, जति कसम खाए पनि बोलको गीत गायर उपस्थित दर्शक हरु लाई मन्त्र मुग्ध बनाएका थिए। कार्यक्रममा मगर कौडा नृत्य र सालैजो का भाकामा स्थानीय कलाकारहरू होम रजाली मगर, याम कुमारी मगर, एलिक्स मगर, र सन्ध्या लामा ले दर्शकहरू लाई नचाएका थिए । कार्यक्रमको प्रायोजक : आबुधाबी मा रहेको हमालय वल्र्ड ट्राभल्स, सर्लाही सेवा समाज यु.ए.इ र कोपिला बचत समूह ले गरेका थिए ।
कार्यक्रमको संचालन सीता रजालि मगर र दिपक थापा मगरले गर्नुभएको थियो।