कृष्ण सारू मगर
मलेसिया, सेप्टेम्बर २ – जितपुर गाबिस ७ धनकुटा जिल्लाको जितपुर गाबिस वार्ड नम्बर ७ स्थित प्राथमिक तह सम्म रहेको श्री सरस्वती प्राथमिक विधालय ढोडे हिकिचुङ्ग बाट शिक्षाको पहिलो ज्योति पाएका पूर्व विधार्थीले रोजगारीको शिलशिलाले स्वदेश तथा बिदेश रहेका विभिन्न पेशामा कार्यरत जितपुर ढोडेका युवाहरूले (Social Media Network) प्रयोग गरी प्रमाणित गर्दै नमुना देखाएका छन् ।
पूर्व विधार्थीहरूले फेसबुक मार्फत छलफल गरि उक्त विधालयलाई कम्प्युटरको पुरा १ सेट र प्रिन्टर थान सहित करिब अढाइ लाख बराबरको नगद तथा जिन्सी गरी अक्षय कोष स्थापनार्थ विधालयका प्रधानाध्यापक ईन्द्र प्रसाद पोख्रेल, स्कुल ब्यावस्थापन समितिका अध्यक्ष खिर बहादुर ताम्लि याक्खा, बुद्धिजीवी, स्थानीय समाजसेवीहरूको उपस्थितिमा गएको भदौको पहिलो हप्तामा हस्तान्तरण गरेको मलेसिया कार्यरत अभियानकर्ता बेग आले मगरले राज्यसत्ता डटकमलाई बताए ।
यस अभियानलाई सफल बनाउन हाल मलेसियाको क्वालालम्पुरमा कार्यरत बेग आले मगर, कोरियामा कार्यरत चन्द्र ताम्लि याक्खा, नेपाल मै समाजसेवि जेबि घले मगरको पहल तथा पूर्व विधार्थीको विशेष सकृयतामा संभव भएको हो ।
३ जना शिक्षक दरबन्दी रहेको विधालयमा स्थाई २ अस्थाई १ छन् भने निजि स्रोत बाट १ बाल शिशु १ परिचर १ गरि २ शिक्षक र ४ शिक्षिका कार्यरत रहेका छन । उक्त विधालय २०२० सालमा स्थापना भएको थियो ।
विधालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउने अभिप्रायले अभियान सुरू गरेको अभियन्ता बेग आले मगरले बताउनु भयो । अक्षयकोषको उद्धेश्य गरिब तथा जेहेन्दार विधार्थीलाई छात्र बृति प्रदान गर्ने लक्षले सुरू गरेको अर्का अभियन्ता चन्द्र ताम्लि याक्खा र जेबि घले मगरको भनाई छ ।
सुचना तथा संचार, विज्ञान र प्रविधिको विकास संगै विधुतीय प्रणाली अनुसार आधुनिक शिक्षाको मद्दतले विधार्थीलाई थप ज्ञानका बारेमा अध्यन/अध्यापन गराउन पाउँदा शिक्षिका सानू घले मगरले खु:सी ब्यक्त गरिन ।
सरस्वती प्रावि ढोडे हिकिचुङ्ग स्कुलमा अध्यनका लागि आउने विधार्थीको सुनौलो भविष्य कोर्ने शिक्षक/शिक्षिका कर्मचारी, स्कुल ब्यावस्थापन समिति एवं अबिभावकका लागि थप हौसला मिलेको प्र.अ. पोख्रेलले बताउँदै भन्नू भयो अभियानकर्ता पूर्व विधार्थीहरू प्रति आफ्नो ब्याक्तिगत र स्कुलको तर्फबाट विशेष धन्यवाद दिए ।