पुर्व मन्त्री स्व. गोरे वहादुर खपाङ्गी प्रति श्रदाञ्जली अर्पण !

Read Time:2 Minute, 25 Second

इश्वर बलम्पाकी मगर

उदयपुर, भादै १५ – उत्पीडित समुदायका शिखर ब्यक्तित्व, नेपाल मगर संघका पुर्व अध्यक्ष तथा पुर्व मंत्री गोरे बहादुर खपाङ्गी प्रति नेपाल मगर संघ उदयपुरको आयोजनामा बुधबार श्र्रदान्जली सभाको आयोजना गरीएको छ ।
वि.सं. २००३ साल साउन २५ गते उदयपुरको थाक्लेमा जन्मनु भएका मगरको काठमाण्डौ बाँसबारीको न्युरो अस्पतालमा ७० वर्षको उमेरमा गत शनिबार बेलुकी १० बजेर २२ मिनेट मा निधन भएको थियो । श्र्रदान्जली कार्यक्रममा बोल्दै नेवा देदबु उदयपुरका सचिब गौरी संकर उदासले खपाङ्गीे मगर जातीलाइ मात्रै नभएर सम्पुर्ण अदीबासीजनजातीकै शिखर ब्यत्तित्व रहेको बताउनु भयो । यस्तै कार्यक्रममा बिभिन्न जातीय संस्थाका प्रतिनिधि तथा अदक्ष्यले खपाङ्गीको योगदान बारेमा चर्चा गर्नुभएको थियो ।

यता नेपाल मगर संघ उदयपुरका अदक्ष्य तथा आदीबासि जनजाती महासंघ उदयपुरका अदक्ष्य केशब खपाङ्गी मगरले कार्यक्रममा बोल्दै उच्च सोच, दुर्दर्शी विचार र गहन सोचाइले सुसम्पन्न भएको एक व्यक्ति बहुआयामिक व्यक्तित्व ुको देहावसान ले हामिमा रिक्तता महसुस गराएको बताउदै उहाले सम्प्रेषण गर्नु भएको मुल्भावमा टेकेर उक्त रिक्तता परिपुर्ति गर्नु नै हामी सबैको दायित्व रहेको बताउनु भयो ।

खपाङ्गी २०५९ साल भदौ २२ गते तत्कालिन राजा ज्ञानेन्द्र शाहको पालामा ८ महिनासम्म महिला तथा बालबालिका मन्त्री बन्नुभएको थियो । उहाँ नेपाल मगर संघको सस्थापक सदस्य तथा २०४८ सालदेखि निरन्तर ४ कार्यकाल मगर संघको अध्यक्ष समेत हुनुभएको थियो । यस्तै  प्रखरवक्ताको रुपमा परिचित खपाङ्गी पञ्चायतकालमा १४ महिना जेल पर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %