कबि गुप्त रानाको कबिता संग्रह “सप्तरङ्गी फूलहरु” को विमोचन !

Read Time:3 Minute, 53 Second

देव पचभैया

काठमाण्डौ, भाद्र १५ – कबि गुप्त रानाको कबिता संग्रह “सप्तरङ्गी फूलहरु” को विमोचन भएको छ । हात्तिसार स्थित रेष्टूरेण्ट “बरोसा लाउण्ज” मा सम्पन्न भयो ।  कबिता संग्रहको नेपाल प्रज्ञा प्रतिष्ठानका उप कुलपति डा.विष्णु घिमिरेले बिमोचन गर्नुभएको हो ।

कविताको बिमोचन गर्दे प्रमुख अतिथि घिमिरेले साहित्य फांटमा नव कविको प्रवेश भएको बताउदै कविताको प्रकाशन उच्च स्तरको रहेको र कविताहरु पनि माझिएको वताउनु भयो ।

वहांले जनजातीहरुमा पनि साहित्य प्रतिको लगाव व्यापक रहेको र विस्तारै जनजाती साहित्यकारहरु आफनो मातृ भाषा लगायत राष्ट्रिय भाषामा पनि कलम चलाउन थालेकोले यसले साहित्य फांटको उत्थानमा सकारात्मक सन्देश प्रवाह गरेको वताउनुभयो । पुस्तकको वरिष्ठ साहित्यकार युवराज नयाघरेले समिक्षा गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंक तालिम केन्द्रका पमुख तथा वरिष्ठ साहित्यकार मित्रलाल पंज्ञानी र जिवसिम प्रतिष्ठानका अध्यक्ष संजोग लाफामगरले कबिताको बारेमा बोल्नु भएको थियो भने वरिष्ठ कविहरु मुकुन्द अर्याल, कवि दिनेश विक्रम थापा लगायतका कविहरुले विमोचित कविता संग्रह भित्रका कविताहरु वाचन गर्नुभएको थियो ।

कार्यक्रममा कवि गुप्त बहादुर रानाले रच्नुभएको “वांसुरी धुनले बोलाएं मैले” शीर्षकको कवितामा गायक खड्क बुढामगरले संगीतवद्ध गर्नुभएको थियो भने सो गीतलाई गायीका लीला बुढा मगरले स्वर दिनु भएको थियो । कार्यक्रममा मगर अध्ययन केन्द्रका अध्यक्ष डा.गोविन्द प्रसाद थापाले कवि जो सुकै भएपनि त्यसको ग्राहयता समाजले मुल्याङ्कन गर्ने वताउनुभयो ।

पूर्व सभासद राम बहादुर थापाले कवि कुनै समुदायमा सिमिति भएर बस्न नसक्ने भन्दै सबै भाषा र समुदायका जिवन संग संबन्धित भएर कबिता कोरिनु पर्नेमा जोड दिनुभयो । पूर्व मन्त्री वलाराम घर्तीमगरले आफ्ना समुदायको हितको लागी अव आदिबासी जनजातिहरुले पनि कलम चलाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कबि गुप्त बहादुर रानाले २०३५/०३६ सालतिरै आफनो कवितामा रेडियो नेपालमा गीत रेकर्ड भएको जानकारी दिदै  विद्यार्थी जीवन देखिनै कविता कोर्ने गरेको संझनु भयो । उहाले जागिरे जिवन बाट अवकाश पछि कविता संग्रह निकाल्न जांगर चलेको भन्दै  कविता प्रकाशन गर्नुको कारण आमाको सम्झना, सन्ततीलाई नासो छाडने र आफनो कृतीहरुको दस्तावेजीकरण मुख्य उदेश्य भएको जानकारी दिनुभयो ।

प्रकाशक मन्जु रानाको अध्यक्षतामा भएको कार्यक्रममा पाहुनाहरुलाई आरजू राना थापाले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संचालन माया हिस्की मगरले गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %