अमर दिप मुक्तान
दोलखा, भदौं ११ – उपेन्द्र यादव को मधेशी जनाधिकार फोरम तथा अशोक राई को संघिय समाजवादी एकीकरण पश्चात निर्माण भएको संघिय समाजवादी फोरम आज भोलि बाक्लो रुप मा पहाड उक्लिदै छ | कुनै पनि पार्टी हिमाल पहाड उक्लिनु र तराई समथर मा पार्टी को गतिबिधि बढाउनु अति राम्रो कुरा हो तर प्रश्न छ विगत मा काँग्रेस एमाले माओवादी ले आदिवाशी लाइ मुर्ख बनाए जस्तै संघिय समाजवादी फोरम को आवरण मा उपेन्द्र यादव पहाड उक्लिनु सन्देहास्पद छ |
आखिर किन उपेन्द्र ले आदिवाशी हितचिन्तक पार्टी संग एकीकरण गर्न रुचाए काही आदिवाशी लाई मुर्ख सम्झेर त् होइन ? संघिय समाजवादी पार्टी को एकीकरण न हुदा सम्म आदिवाशी समुदय मा एक प्रकारको गर्व बोध थियो कि आदिवाशी हितचिन्तक पार्टी त् छ भनेर तर एकिरकरण पश्चात उपेद्र यादव तथा मधेशी कद मा बद्दोत्तरी अशोक राई को नाम तथा आदिवाशी हरु लगभग कद विहिन नै भए |
संघिय समाजवादी को अध्यक्ष मा उपेन्द्र यादव भए पश्चात संघिय समाजवादी फोरम मधेशी पार्टी को रुप मा बडी चिनिन थालिएको छ ,आदिवाशी का मुद्दा सानो भएको छ मधेशी मुद्दा तथा मधेशी नेताको कद बढेको स्पस्ट रुपमा देखिन्छ | अद्भुत तथा आश्चर्य कुरा के छ भने नेपाल मा विधमान तीन जातीय समुह आदिवाशी ,खस आर्य ,तथा मधेशी मध्ये आदिवाशी जनसंख्या मा बाहुल्य छन् तर हिजो सम्म काँग्रेस ,एमाले, माओवादी ,बाहुन हालीमुहाली भएको पार्टी को पुच्छर समातेर आदिवाशी ले बैतरणी पार गर्न खोजे तर अन्त मा हात लग्यो सुन्य ,अब आएर मधेशी नेता को पुच्छर समातेर बैतरणी पार गर्न खोज्दैछन तर ठोकुवा का साथ भन्न सकिन्छ आदिवाशी को हात मा सुन्य नै पर्ने छ |
आदिवाशी नेपालको सर्व शक्तिमान समुदाय भएर पनि आफ्नो विशाल शक्ति लाइ चिन्न सकेनन, आदिवाशी समुदाय ले आफ्नो शक्ति लाइ संगठित गरे मात्र पुग्छ आदिवाशी को काया पलट त् हुने नै छ साथै नेपाल को पनि काया पलट हुने छ | नेपाल को दुर्दशा,भ्रस्टाचार, अराजकता,कानूनी राज्य को उपहाश लाइ रोक्न सक्ने राष्ट्रभक्त आदिवाशी कम्जोर शक्तिहीन भएकै कारणराष्ट्द्रोही भ्रस्टचारी हरु ले ले मनोमानी गर्दै राष्ट्र को दोहन गरेका हुन् |आदिवाशी दिन हिन होइनन आदिवाशी नेपाल को राष्ट्रभक्त सच्चा नागरिक हो भनि गर्व गर्न सकिन्छ | राष्ट्र को महत्वपूर्ण समुदाय नै कम्जोर शक्तिहीन भएमा राष्ट्र कसरि बलशाली हुन् सक्छ |
प्रत्येक आदिवाशी लाइ भान छ आक्रोश छ कि कांग्रेस एमाले, माओवादी ले उनीहरु लाइ प्रयोग तथा आदिवाशी भूगोल लाइ प्रयोग शाला बनाईयो भनि तर दुखद कुरा के छ भने पाँच वर्ष पश्चात प्राप्त हुने वरदान रुपी अमुल्य वोट आदिवाशी लाइ शक्तिशाली बनाउन सहयोग पुग्ने पार्टी भन्दा पनि आदिवाशी लाइ दास तेस्रो दर्जा का नागरिक बनाउन खोज्ने पार्टी काँग्रेस एमाले माओवादी लाई मजबूत बनाउन होडबाजी गरेको देखिन्छ | प्रसंग उपेन्द्र यादव को पहाड उक्लिदै आदिवाशी क्षेत्र मा जनाधार बिस्तार गर्ने योजना स्वागतयोग्य भएता पनि आदिवाशी जनता ले मधेश आन्दोलन को चरम उत्कर्ष मा पुगेको बेला को उपेन्द्र यादव लाइ स्मरण गर्न जरुरि छ |
पंक्तिकार लाइ रामरी स्मरण छ सदन मा उपेन्द्र यादव को हिन्दि भाषा मा दहाड़े को दृश्य | मधेशी जन अधिकार फोरम का कार्यकर्ता तथा भारतीय हरु द्वारा अन्जाम दियिएको गौर को नृसंश हत्याकाण्ड | मधेशी जनाधिकार फोरम ले गरेको आह्वान मा तराइ बाट पहाडिया खेदाओ अभियान का दौरान पहाडे समुदाय लाइ छानी छानी हत्या गरियो, लुटियो, नेपाल को भूभाग तराई मधेश मा सैकड़ो वर्ष देखि बसोबास गरिरहेका पहाडे समुदाय ले चाहदा न चाहदै आँखा भरि आँशुका साथ आफु जन्मेको हुर्केको स्थान कौडीको भाव मा बेच्न बाध्य भए | आज पनि मधेश छाडेर बिभिन्न स्थान मा बसोबास गरि रहेका पहाडे समुदाय त्यो बेलाको भयंकर दृश्य सम्झेर झसंग तथा भयभित हुने गर्दछन |
आज पहाडे तथा मधेशी बीच मा दुरी तथा मतभिन्नता बढाउने कार्य गर्ने योजनाकार मध्ये अग्रपंक्ति मा उपेन्द्र यादव नै हुनु पर्छ | जनयुद्धकाल मा भारत पटना जाने क्रम मा भारतीय प्रहरी द्वारा समातिएका माओवादी नेता सुरेश आलेमगर, मात्रिका, बैध ,उपेन्द्र यादव मध्ये उपेन्द्र लाइ नै किन मुक्त गरे रहश्यमय छ | याद रहोस मधेश मा पहाडिया खेदाओ अभियान का दौरान सम्पूर्ण पहाडिया एकै डालोमा राखेर खेदिएको थियो तसर्थ उपेन्द्र आदिवाशी हितचिन्तक हो भनि कसैले बुझेका छन् भने त्यो पूर्ण रुप मा गलत एवं बुद्धि भ्रमित हुनु हो |
उपेन्द्रको पहाड उक्लिने तथा विशेष गरि आदिवाशी समुदायमा जनाधार विस्तार गर्ने योजना लाई सामान्य ठान्नु हुदैन प्रमाणिक न भएता पनि निश्चित रुपमा उपेन्द्र यादवको आदिवाशी प्रति को परिवर्तित रुप सन्देहास्पद छ | संघिय समाजवादी फोरम ले पहाड मा त् पार्टी विस्तार गर्ने योजना जारी राखेको छ तर बारा ,पर्सा ,रौतहट, सर्लाही, सिरहा महोत्तरी मा बसोबास गरि रहेका तामांग लगाएत का जनजाती समुदाय मा संगठन विस्तार गर्न गारो छ किन भने उल्लेखित क्षेत्र मा तामांग लगाएत आदिवाशी हरु ले मधेश आन्दोलन को क्रममा उपेन्द्र यादव नेतृत्वको मधेशी जनाधिकार फोरम द्वारा गरिएको कहिले न बिर्सने ज्यादती भोगेका छन् बिर्सेका छैनन् |
जे जस्तो भएता पनि खस बाहुन ले आदिवाशी लाई मधेशी लाई, दलित लाई प्रयोग गरेर भए पनि अथवा साम दाम दण्ड भेद प्रयोग गरेर पनि आखिर आफ्नो समुदाय को भाग्य निर्माण गर्न बुद्धि त् लगाएकै हुन्, त्यस्तै मधेशी भाग्य निर्माण हेतु मधेशी स्वयम् को पहल मा गरिएको आन्दोलन तथा सामर्थ्य को बलबुता मा मधेशी नेपाल को दोस्रो दर्जा मा स्थपित भएको तथा प्रथम हुने प्रयाश मा जोर लगाएको देखिन्छ भने आदिवाशी को भाग्य निर्माण गर्ने जिम्मा चाही कांग्रेस एमाले माओवादी संघिय समाजवादी राप्रपा इत्यादी पार्टी ले लिएको भनि ढुक्कका साथ बसेको हुनाले अदिवाशिले बारम्बार धोका खाई रहेका छन् तेस्रो दर्जा मा झर्दा समेत पनि चेत खुलेको देखिदैन |
आदिवाशी भाग्यको निर्माण आदिवाशी स्वयम् को बल बुता मा एकताबद्ध भए मात्र स्थापित हुन् सक्छ छ भनि मनन गर्न जरुरि छ यदि आदिवाशी समुदाय ले अब पनि कुरा बुझेनन् अथवा बुझ्ने प्रयाश गरेनन भने स्व. बि पी कोइराला द्वारा गरिए प्रयोग को निरन्तरता दिदै प्रचण्ड, उपेन्द्र यादव जस्ता नेता हरु आदिवाशी समुदाय तथा क्षेत्र लाई उर्वरा भुमि को रुप मा प्रयोग तथा प्रयोगशाला बनाएर स्थापित हुने परम्परा जारी रहने छ |