कृष्ण सारू मगर
कतार, अगष्ट २३ – दोहाको टपफर्म रेस्टुरेण्टको सभाहलमा भएको नेपाली कला केन्द्रले पाँचौ महाधिवेशनले गत १९ अगष्ट सुक्रबारका दिन भविन तामाङको अध्यक्षतामा पाँचौ महाधिवेशन सम्पन्न गरेको छ ।
सौहाद्रपूर्ण वातावरणमा सम्पन्न भएको पाँचौ महाधिवेशनले पाल्पाली सेवा समाज कतारका सल्लाहकार तथा नेपाल मगर संघ शाखा कतारका समेत सल्लाहकार समेत रहनु भएका जनक थापा मगरलाई सर्वसहमतिले अध्यक्ष पदका लागि निर्विरोध मनोनयन भएका हुन् ।
नव निर्वाचित कार्यसमितिको नामावली निम्न तपशील बमोजिम रहेका छन् ।
अध्यक्ष: जनक थापा मगर
उपाध्यक्ष: निनल गुरुङ
महासचिव: बिरेन्द्र श्रेष्ठ
सचिव: पाण्डप थापा मगर
कोषाध्यक्ष: टेक रसाइली
सह-कोषाध्यक्ष-अग्नि तामाङ
सदस्यहरू क्रमश: दिवस याक्खा, सोम थापा मगर, भुपेन्द्र, रिखाम मगर, राजेश श्रेष्ठ, सोहन भुजेल रहेका छन् भने महिला सदस्यहरूमा रोशिका लामा पवित्रा लामा रहेकी छिन् ।