कतारमा NRNA NCCको महिला विभागले तीज मनाउने !

Read Time:2 Minute, 1 Second

कृष्ण सारू मगर  

कतार, २१ अगष्ट – गैर आवासीय नेपाली संघ, राष्ट्रिय सामन्वय परिषद कतारले यहि आउँदो २६ अगस्त २०१६ शुक्रबारका दिन मज्जा रेस्टुरेन्टको सभाहलमा महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

परम्परागत नेपाली महिलाहरूको विशेष पर्वको रूपमा मनाईने हरितालिका तीज मौलिक पहिचान संस्कार संस्कृतिको संरक्षण-संवर्द्धका लागि सौहार्दपूर्ण वातावरणमा संपन्न गराउन स्थानिय कलाकाहरूले साथ दिने भएका छन् ।

उक्त कार्यक्रमलाई ख्यातिप्राप्त कलाकारहरूको बेजोड साँस्कृतिक प्रस्तुतिले सहभागी पाहुनागणलाई  भरपुर मनोरञ्जन दिलाउने भएकोले आदरणीय महिला दिदी बहिनीहरू वीच भेटघाट तथा शुभकामना आदानप्रदान गर्ने लक्षका साथ आपसी सद्भाव, सहिष्णुता निरन्तर कायम रहोस् भन्ने अभिप्रायले यो कार्यक्रम महिला बिभाग द्वारा आयोजना गरिएको हो ।

मध्ये पूर्वीय राष्ट्र कतार स्थित विभिन्न संघ, संस्था, संगठनमा आवद्ध रहनुहुने रोजगारीका शिलशिलामा कार्यरत आम नेपाली महिला दिदी बहिनी तथा दाजु-भाईहरू लगायत समाजसेवी, बुद्धिजीवी, स्थानिय सञ्चारकर्मी सबैलाई राज्यसत्ता डटकम डिजिटल मिडियाको मार्फत कार्यक्रममा गरिमामय उपस्थितिका लागि आयोजक समिति महिला विभाग परिवार हार्दिक निमन्त्रणा गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %