कृष्ण सारू मगर
कतार, २१ अगष्ट २१ – नेपालमा भएको आन्दोलनरत २९ दलिय संघियवादी, पहिचानवादीहरुको गठबन्धनको संयुक्त मोर्चालाई आधार मान्दै गएको १९ अगष्ट सुक्रबारका दिन दोहाको हिमाल रेष्टुरेन्टको बैठक कक्षमा संघीय समाजबादी फोरम नेपाल प्रवास समिति नेपाली संघीय समाज, संघीय लोकतान्त्रिक राष्ट्रिय मंच प्रवास समिति संघीय लिम्बुवान सामाजिक मंच र राष्ट्रिय जनमुक्ति पार्टी नेपाल प्रवास समिति जनमुक्ति मंचले संयुक्त गठबन्धन गर्ने निर्णय गर्दै संयुक्त तीन वैचारिक संगठनहरु द्धारा संयुक्त मोर्चा “संयुक्त संघीय मंच” गठन सम्पन्न गरेको छ ।
संयुक्त संघीय मंचले आगामी दिनमा संघीयता र पहिचानको पक्षधर वैचारिक संगठन, संघ,सस्था तथा व्यक्तिहरुलाई समेत आवद्ध गराउन सकिने र आवश्यतानुसार संयुक्त कार्यक्रमहरु गर्दै लैजाने संयुक्त मोर्चा नेपाली संघीय समाज कतारको अध्यक्ष चन्द्रसेर राईको संयोजकत्वमा भएको बैठकले संघीय लिम्बुवान सामाजिकका अध्यक्ष नरेन्द्र एभेङ लिम्बु सहसंयोजक, जनमुक्ति मंचका अध्यक्ष राज खम्बु सह-संयोजक र लिम्बुवान सामाजिक मंचका महासचिव तिलविक्रम थेवे प्रवक्ता, नेपाली संघीय समाजका प्रमोद श्रेष्ठ, हिराधन राई, गणेश राई, डीएन मगर, संघीय लिम्बुवान सामाजिक मंच कतारकी रेखा राई, डम्बर लिबाङ, जनमुक्ति मंचका रामकिरण तामाङ, बुद्ध मगर र सहविर थापा मगर सदस्य सहितको उपस्थितिले “संयुक्त संघीय मंच” गठन गरिएको हो।
प्रवासमा पनि संघीयता र पहिचानको पक्षमा नेपाली समुदायलाई सचेत गराउदै संघीयता र पहिचानको पक्षमा जोडदाररुपमा लागिपर्न सचेत आदिवासी जनजाति, तराई मधेस र सवै नेपाली समुदायमा आव्हान गर्दै यो संयुक्त संघीय मंच गठबन्धन संघीयता र पहिचानको पक्षमा नेपालमा आन्दोलनरत २९ दलिय मोर्चाको सवैखाले आन्दोलनप्रति प्रतिवद्ध रही ऐक्यवद्धता जाहेर गर्दछ विज्ञतिमा भनिएको छ ।
आदिवासी जनजातिहरुलाई अल्मलाउन खोज्ने संघीयता र पहिचानको खोल ओढेर अनेक तिगडमबाजी गर्दै संघियता र पहिचानको विरोध गर्ने, संविधान संशोधन गर्न नचाहने केही आदिवासी जनजातिहरु र नश्लवादी प्रवृतिका व्यक्तिहरुले गरेका त्यस्ता प्रवृतिको सचेत र होसियार रहदै सम्पुर्ण न्याय प्रेमी आदिवासी जनजाति संघीयता र पहिचानको पक्षधरहरु अव नेपाल देखि प्रवास सम्मै ऐक्यवद्ध भएर यस्ता धिनौना प्रवृति र अनुहारहरुको घोर निन्दा र भण्डाफोर गर्दै प्रवासमा समेत एक ढिक्को रहन जरुरी रहेको विज्ञप्तीमा जनाएको छ।
साथै वर्तमान सरकार गठन गर्न २९ दलिय संघीय गठबन्धन संग भएको ३ बुदे सहमतिको कार्यान्वयन हुनुपर्ने, सात प्रदेश खारेज गरी राज्यको पुनसंरचनामा लिम्बुवान, खम्बुवान, तमुवान, मगरात, नेवा, ताम्सालिङ, थरुहट, खसान, तराई मधेस लगायतका पहिचानजन्य प्रदेशहरु हुनुपर्ने ।
संविधानमा समेत संबोधन हुनुपर्ने कुरामा २९ दलिय संघीय गठबन्धनसंग ऐक्यवद्धता जनाउदै कुनैपनि किसिमको अलमल बाट आदिवासी जनजाति संघीयवादी पहिचानवादी नेपाली समुदायहरु अव नअल्मलिन समेत अनुरोध गर्दै संघीय समाजबादी फोरम नेपाल प्रवास समिति नेपाली संघीय समाज, संघीय लोकतान्त्रिक राष्ट्रिय मंच प्रवास समिति संघीय लिम्बुवान सामाजिक मंच र राष्ट्रिय जनमुक्ति पार्टी नेपाल प्रवास समिति जनमुक्ति मंचले संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको लिम्बुवान सामाजिक मंच कतारको महासचिव तिलविक्रम थेवेले राज्यसत्तालाई बताए ।