बम थापा (सूर्यवंशी)
नेपाली भाषा, कला र संस्कृतीको सम्बर्दन र प्रवर्धन गर्ने महान कार्य गरे वापत नेपाली राजदूतावासबाट प्रदान गरिने २०१५ को एम्बासडर कप बिजेता मगर संघ युके भएको थियो । सदा झैँ यो वर्ष पनि यहि अगष्ट २८ तारिख केम्पटन पार्कमा नेपाली मेला हुन् गई रहेको छ ।
हरेक ठाउँमा अन्य जातजातिसँग सुमधुर सम्बन्ध गाँसेर बस्न सक्नु मगर जातिको अति नै बहुमूल्य विशेषता भएको हुनाले यो वर्ष पनि अगष्ट २८ मा राखिएको नेपाली मेला २०१६ मा मगर संघ युकेको सहभागिता रहने मगर संघ युकेको बैठकले पारित गरेको यहाँहरुलाई सहर्ष जानकारी गराउन चाहन्छु ।
गत सालको नेपाली मेलामा बेलायतमा बसोबास गर्ने मगरहरुले आफ्नो भेषभुषा, पुर्खाले चलाउने धनुषबाँण, कुटो, कोदालो, हलो, जुवा, खुकुरी, बञ्चरो, डोको, स्याँखु, मगरको झन्डा, नेपालको झन्डा, बेलायतको झन्डा लगायत अन्य सामग्रीसहित झाँकी प्रस्तुत गरिएको थियो । नेपाली मेलामा मगरहरु आफ्नाआफ्ना मौलिक र रङ्गीन भेषभूषामा सजिएर एकीकृत रुपमा अधिक संख्यामा हातेमालो गर्दै झाँकी प्रस्तुत गरिएको हुनाले मगर संघ युकेले एम्बेसडर कप हात पार्न सफल भएको थियो । मेलामा प्रस्तुत गरिएको ७ जना नानीहरु र चार जना छोरा मान्छेहरुको कोडा नाचमा सिङ्गो नेपाली मेला नै झुमिरहेको थियो । यो बेलायतवासी मगरहरुको एकताको उदाहरण थियो । बिश्वका मगरहरुको अगाडी मगर संघ युके सधै अग्र पन्तीमा हुन्छौ । त्यसैले मगर भएकोमा गर्व लाग्छ ।
श्रीमान मगर संघ युकेका निवर्तमान अध्यक्ष ज्यू हरु, शाखाका अध्यक्ष ज्यू हरु, मगर महिला संघका अध्यक्ष ज्यू, मगर संघ युकेसंग आवद्ध सस्थाका अध्यक्ष ज्यू हरु, सल्लाहकार ज्यू हरु, केन्द्रीय समितिका पदाधिकारी ज्यू हरु र मगर संघ युकेलाई भलो चाहनु हुने सम्पूर्ण मगर समुदाय, मगर संघ युकेको उद्देश्य, कार्यक्रम, योजनामा बेलायतवासी सबै मगरहरुले तन मन र धनले सहयोग गर्दै आउनु भएकोमा धेरै धेरै धन्यवाद छ । यसपाली पनि मगर संघ युकेले हजुरहरुबाट सहयोगको आशा राखेका छ ।
(बम थापा (सूर्यवंशी) मगर संघ बेलायतका उपाध्यक्ष एवं नेपाली मेला २०१६ का संयोजक हुन)