कृष्ण सारू मगर
मानमा बहराईन १५ अगष्ट सन २०००मा समाजिक अवधारणा बोकी स्थापित नेपाली क्लवले १२ अगष्ट सुक्रबारका दिन अदेलिया स्थित नेपाली दुतावासका महामहिम का.बा राजदुत खगराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्मान एवं समिक्षा कार्यक्रमलाई क्लवकै भवनमा अध्यक्ष कमल श्रेष्ठको सभापतित्वमा सम्पन्न गरेको छ ।
नेपाली राजदुतावासका महामहिम का.बा राजदुत खगराज पाण्डे प्रमुख आतिथि रहेको कार्यक्रममा विशेष अतिथिमा संस्थापक तथा संरक्षक एवं वरिष्ठ समाजसेवी समेत रहनु भएका गम बहादुर तमु गुरूङ गैर आवासीय नेपाली संघका अध्यक्ष टंक बस्नेत साथै विभिन्न जातीय, क्षेत्रीय, वर्गीय, धार्मिक संघ, संस्था, संगठनका प्रतिनिधि, उधोग, ब्यावसायी, समाजसेवी, बुद्धिजीवी तथा स्थानीय पत्रकार साथै विशिष्ट ब्याक्तित्वहरूलाई अतिथि ग्रहण गराएको थियो ।
ईदको पहिलो दिन अर्थात् गएको ६ जुलाई २०१६ का दिन ईस्लाम धर्मावलम्बीहरूको पवित्र पर्वको शुभ अवसरमा सम्पन्न भएको विविध साँस्कृतिक कार्यक्रमलाई विभिन्न क्षेत्रबाट सह्योग पुर्याउने सह्योगदाताहरूको योगदनको उच्च मुल्यांकन गर्दै ब्याक्तिगत र क्लवको तर्फ बाट विशेष आभार प्रकट गर्दै आगामी दिनहरूमा पुर्ण साथ, सह्योगको अपेक्षा राख्दै १२ अगष्ट सुक्रबारका दिन प्रमुख आतिथि, विशेष अतिथिको सह्योगमा सभाध्यक्ष श्रेष्ठले सबै जनालाई स-सम्मान क्रमशः कदर पत्र प्रदान गर्दै औपचारिकता निभाएको हो ।
उक्त सम्मान तथा समिक्षा कार्यक्रममा क्लवका महासचिव दिपक तमु गुरूङले कार्यक्रममा भएको आय, ब्यको विवरण सार्वजनिक गर्दै, प्रगति विवरण प्रस्तुत गरेका हुन् ।
प्रवासमा स्थापित संस्थाहरूको बृद्धि भन्दा सिमित हुनु पर्ने धारणा राख्दै भन्नू भयो आदिकारिक संस्था नेपाली क्लव आफैमा सान्दर्भिक र परिभाषित छ । सबैले सदाश्चयता, आपसी सद्भाव, धार्मिक सहिष्णुतालाई कायम राख्दै नेपालीहरूको विभिन्न समस्या र समाधानका लागि एकता, समन्वय, सहकार्य गरी मौलिक, कला, संस्कृति संगै नेपालीको स्वाभिमान, अस्तित्व र पहिचानलाई संरक्षण-संवर्द्धनको उद्धेश्य सहित सौहर्दपुर्ण वातावरणमा संपन्न भएको कार्यक्रम प्रति सन्तुत रहेको बताए ।