पाल्पामा मनाईयो २२ औ बिश्व आदिबासी दिवस (भिडियो सहित)

Read Time:1 Minute, 34 Second

देव पचभैया

पाल्पा, श्रावण २७ – २२ औ बिश्व आदिबासी दिवस पाल्पामा भब्य रुपमा सम्पन्न भएको छ ।

{youtube}https://youtu.be/WL8OxYTsoYU{/youtube}

जनजाति महासंघ जिल्ला समन्वय समिति पाल्पाको आयोजनामा भएको कार्यक्रममा दिवस मनाउन गाउ गाउ बाट समेत आदिबासी जनजातिहरु सदरमुकाम तानसेन आएका थिए । पहिचान र अधिकारी संघियता आदिबासीको अडान , अपुरो अधुरो संबिधान संसोधनका लागी हाम्रो साझा अभियान भन्ने मुल नाराका साथ भएको कार्यक्रममा जिल्लामा रहेका ११ जनजातिहरुले आ आफ्नो  सास्कृति झाकी, भेषभुषा सहित बजार परिक्रममा गरेका थिए ।  

तानसेन नगरपालीकाको ठुलो हलमा भएको औपचारी कार्यक्रममा सांसद तुल्सा राना, बिभिन्न जातिय सस्थाका प्रमुख , राजनैतिक दलका प्रमुख एबं प्रतिनिधिहरु , पाल्पाका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतम, स्थानिय बिकास अधिकारी कृष्ण पाण्डे लगाएतले बोलेका थिए ।

जनजाति महासंघ पाल्पाका अध्यक्ष केयरसिंह रानाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिब यस कुमार गरम्जाले संचालन गरेका थिए ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %