टुक्रिएको मगरात एक गराउन प्रधानमन्त्री संग मगर अगुवाको आग्रह !

Read Time:1 Minute, 32 Second

देब पचभैया

काठमाण्डौ, श्रावण २७ – मुलुकलाई संघिय संरचनामा लग्दा मगरात क्षेत्रलाई टुक्रयाएको भन्दै त्यसलाई एक गराउन मगर अगुवाहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) संग आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवासमा पुगेर नेपाल मगर भुपु सैनिक तथा प्रहरी संघका केन्द्रिय अध्यक्ष हुम बहादुर थापा (पचभैया ), मगर संघका संस्थापक महासचिब सुरेश आले मगर, नेपाल मगर लेखक संघका सदस्य हिरा सिँजाली मगर लगाएतको टोलीले नव निवार्चित प्रधानमन्त्री प्रचण्डलाई भेटी बधार्इ तथा शुभकामना दिदैँ  अन्तरिम संबिधान भन्दा पछि हटेर अहिले निर्माण भएको संबिधानलाई तत्काल पुर्नलेखन गर्न आग्रह गरेका हुन् ।

भेटमा उनीहरुले पहिचान र अधिकार नभई बनेको संबिधानलाई पुर्नलेखन गर्न आग्रह गर्दै आदीबासी जनजाति, मधेसी लगाएतका नेपालीहरुको असन्तुष्ती रहीरहेको भन्दै ति समस्या तत्काल सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड संग आग्रह गरेको भेटमा सहभागी हुम बहादुर थापाले जानकारी दिनुभयो ।

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %