नेपाल आदिवासी जनजाति महासंघ बेलायतले बेलायत स्थित नेपाली राजदूत डा सुरेन्द्र प्रसाद चालिसेलाइ दुई पृष्ठ लामो ज्ञापन पत्र बुझाएको छ । महासंघका अध्यक्ष थर्क रानाको अगुवाईमा गएको उक्त प्रतिनिधि मंडलले महामहीम राजदूतलाई ज्ञापन पत्र बुझाएकोथियो ।
ज्ञापनपत्र उपाध्यक्ष गंगा देवी राईले वाचन गरेर सुनाएकी थिइन । महासंघका बरिष्थ उपाध्यक्ष सीरी लिम्बू, अर्का उपाध्यक्ष नर बहादुर गुरुंग,क़ानूनी सल्लाहकर अधिवक्ता चंडिका राई, प्रेम तामांग ,भरत थापा ,सचिब धन घले, भीम राई, शेर्पा संघका अध्यक्ष गोम्बा लामाले पनि बोलेकाथिए । कार्यक्रमको अन्त्य मा डा. चालिशेले बिशेषगरि ३ कुरा, एनआरएन ,गोर्खाज र आदिवासी जनजाति प्रति आफुले ज्यादै चासो राख्ने गरेको र आफ्नो थप सिफारिस सहित सो ज्ञापनपत्र यथासिघ्र नेपाल सरकारलार्इ पुर्याई दिने बचन दिए ।
अध्यक्ष रानाले नेपाल सरकारले नेपाली युवा हरुलाई ब्रिटिश आर्मीमा भर्ति हुन दिने तर तिनले बेलायतको नागरिकता लिने बित्तिकै उसको नेपाली नागरिकता स्वतस् खारिज हुने ब्यबस्था हटाउनुपर्ने माग राखे । यस्ता भूपूहरुको सन्ततिलाई वंशजको आधारमा नागरिकता दिइनुपर्ने उनको माग थियो । अहिले बितरण गर्न खोजिएको अधिकारविहिन नागकिताको औचित्य नभएको पनि त्यहाँ औंल्याइएकोथियो ।
त्यसको साटो दोहोरी नागरिकता माग गरिएकोथियो ।