कृष्ण सारू मगर
कतार, अगष्ट १०- कपिलबस्तुवासीको चाहना ! सभ्य र समृद्घ समाजको कल्पना !! भन्ने मुल नाराका साथ बुद्धभुमि कपिलवस्तु सेवा समाज कतारले नज्मा स्थित अल नक्यान रेष्टुरेन्टको सभाहलमा गतको ५ अगष्ट सुक्रबारका दिन प्रथम साधारण सभा सस्थाका अध्यक्ष केशव खनालको सभापतित्वमा कार्यक्रम सम्पन्न गरेको छ ।
प्रमुख अतिथि गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का सल्लाहाकार टि.बी. कार्की, विशेष अतिथिमा नेपाल पत्रकार महासंघ शाखाका अध्यक्ष गणेश प्रसाद बन्जाडे, र विशिष्ट समाजसेवी, वुद्धिजिवीहरू रहनु भएका थिए, विभिन्न जातिय, क्षेत्रीय, वर्गीय, संघ, संस्था, संगठनका प्रतिनिधिहरू तथा स्थानिय पत्रकारहरूलाई अतिथि ग्रहण गराएको थियो ।
व्यानर अनावरण, राष्ट्रिय गान संगै शान्तिका द्धिप प्रज्वलन पश्चात् ज्ञात अज्ञात वीर शहिद एवंम् अकल्पनीय घटना, प्राकृतिक प्रकोपमा परि ज्यान गुमाएकाहरूको सम्झनामा एक मिनेट मौन धारण गर्दै कार्यक्रमलाई विधिवत रुपमा उद्घाटन भएको थियो ।
कोषाध्यक्ष इश्वर अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने प्रगति विवरण सचिवले गरेको थियो सास्कृतिक विभागीय संयोजक क्षितिज किरण गैरेले उपस्थित पाहुनागणलाई स्वागत गर्दै गीत द्वारा शुभकामना दिएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै समाज रुपान्तरणको पक्षमा सामाजिक क्रान्तिको सकारात्मक विगुल फुकेको बताउदै प्रमुख अतिथी कार्किले शुभकामना दिएका थिए । भने, अन्य वक्ताहरूले आ-आफ्नो धारणा राख्दै शुभकामना दिएका थिए ।
जिल्लाका विभिन्न ठाउँमा भएको प्राकृतिक प्रकोप बाट क्षति भै पिडित परिवारको राहतका लागि जुट्न आग्रह गर्दै विभिन्न पेशा, ब्यबसाय र रोजगारिको शिलशिलामा कतारलाई कर्मभुमी बनाउदै आइरहेका कपिलवस्तु जिल्लाबासीहरूलाई समाजमा आवद्ध हुन समेत अपील गरेको छ ।
कार्यक्रम खगेश्वर गैरेको स्वागत तथा सस्थाका प्रथम उपाध्यक्ष दिपक पौडेलको संचालनमा सम्पन्न गरेको छ ।