मेडियाको नजरमा पुग्न नसकेकी उत्कृष्ट लोकदोहोरी गायिका बसन्ती थापा।

Read Time:3 Minute, 36 Second

हुम सुनारी मगर

अगष्ट,९-   बसन्ती थापा अहिले चलेको राष्ट्रिय लोकदोहोरी गायिकाहरू भन्दा कम प्रतिभावान छैनन्।

उनको स्वरमा मिठास छ। परिपक्क छ। सुरिलो स्वरकी धनि र प्रतिभावान व्यक्तित्व हुँदाहुँदै उनि त्यति चर्चामा आउँन सकेकी छैनन्। यसको प्रमुख कारण उनले आफ्नो कर्मथलो काठमाडौँलाई नबनाएर पोखरालाई बनाएकोले पनि हुन सक्छ।

सानै उमेरदेखि बसन्तीले स्थानिय कार्यक्रमहरूमा लोकगीत गाउँने र कार्यक्रम सञ्चालन गर्ने गर्थिन्। बसन्ती यो स्थानसम्म आइपुग्न उनले धेरै संघर्ष गरेकी छिन्। संघर्ष बिना कुनै पनि मानिस लक्ष्यमा पुग्न सक्दैनन्। यो प्रमाणित गरेकी छिन्, बसन्तीले। उनि कहिल्यै बिचलित भएनन्। आफ्नो लक्ष्य प्राप्त गर्न बसन्तीले निरन्तर संघर्ष गर्दै अगाडी बढिन्। त्यसको परिणाम आज उनको कर्मथलो पोखरामा उनको प्रगति र प्रतिभाले चर्चा पाउन थालेको छ।

बसन्तीले अहिलेसम्म दुइवटा एल्बम निकालिसकेकी छिन्। भने, आफ्नो सुरिलो स्वर मार्फत उनले अरुका कैयौं एल्बमहरू सजाईसकेकी छिन्। जस मध्ये बसन्तीका उत्कृष्ट लोकगीतहरूस् अब म के गर्ने हो, पाल्पा रिमिघाको बन, मेरै नाम भगवान, तिम्ले मलाइ छोडी गएको, लोकचारे मायाले नबोली फसायो लगायत दसै गीत ( ए प्रदेशी छिटै फर्की आउँ, बाजको गीत (बाजा तालैमा आदि जस्ता चर्चित गीतहरू गाइसकेकि छिन्, बसन्तीले।

बसन्ती थापाले पछिल्लो पटक गाएको तीजको गीत, स्कूटरमा चढी ले सर्बाधिक चर्चा पाएको छ। 

को हुन् त लोकदोहोरी गायिका बसन्ती थापा ?

देश कै सफल र सर्बोकृष्ट कलाकारहरू जन्माउने जिल्ला हो पाल्पा। जहाँ वरिष्ठ लोक गायक, सफल चलचित्र निर्देशक तथा उत्कृष्ट सङ्गीतकार नारायण रायमाझी जस्ता होनहार कलाकारको जन्म भएको हो। बहुचर्चित लोकदोहोरी गायकद्वय इन्द्र जी।सी। र बद्रि पंगेनीको पनि जन्मथलो हो पाल्पा। हो त्यहिँ पाल्पा कै फोक्सिंकोट १, झोकेदीमा जन्मेकी हुन् बसन्ती पनि।

गीत सर्जक तथा वरिष्ठ लोकदोहोरी गायक इन्द्र जि।सि। पनि एउटै वडा कै भएकोले उनको प्रभाव बसन्तीमा परेको हुन सक्छ।

बसन्ती थापा फोक्सिंकोट १, झोकेदीमा जन्मेकी हुन्। उनि मध्यम बर्गको परिवारमा जन्मेकी हुन्। उनका तीन दाजुभाई गम्भर, नारायण र इन्द्र छन्। ठुलो दाई गम्भर भारतीय सेनाबाट निवृत्त भईसक्नु भएको छ भने उनको महिला दाई गाउँ मै शिक्षक छन्। उनका कान्छा दाई वैदेशिक रोजगारमा आवद्ध छन्। उनि दुइ दिदीबहिनी मध्ये जेठी हुन्। उनकी बहिनीको बिबाह भईसकेको छ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %